काठमाडौं। ब्रिटिस कलेजले पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा आफ्नो कलेजकी विद्यार्थी रेजिका महर्जन विश्व विजेता बनेको दाबी गरेको छ ।
सन् २०१७ जूनमा भएको पि–३ बिजनेस एनलाइसिस प्रोफेसनल एसीसीए परीक्षामा द ब्रिटिस कलेजकी रेजिका महर्जन विश्व प्रथम भएको विज्ञप्तिमार्फत जानकारी दिइएको छ । कलेजका निर्देशक महेन्द्र काडेल र कार्यक्रम अनन्त प्रबन्धक गौतमले कलेजको तर्फबाट रेजिकालाई २० हजार रुपैयाँको चेकसहित पुरस्कृत गरे ।
यो कोर्स अन्य शैक्षिक योग्यताभन्दा भिन्न रहेको भन्दै ब्रिटिस कलेजले यो कोर्सको परीक्षामा विद्यार्थी आफैंले चार परीक्षा पिरियडहरु छान्न सक्ने जनाएको छ । एसीसीए ९एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट्स० एक व्यावसायिक शैक्षिक योग्यता हो, जुन १ सय ८० देशमा प्रदान गरिन्छ ।