Advertisement
Advertisement
Advertisement
Advertisement

बोलिभिया : जब महिला सिनेटरले आफैँलाई राष्ट्रपति घोषणा गरिन्

  |      18:43:00   |  
REUTERS
REUTERS

कात्तिक २७, काठमाडौं । दक्षिण अमेरिकी मुलुक बोलिभियाको सिनेटकी उपप्रमुख जानिन्ये आनीएसले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्।

राष्ट्रपति मोरालेसले राजीनामा दिएर मेक्सिको गएपछि उनले आफूलाई सो पदमा नियुक्त गरेकी हुन्। उनको नियुक्ति गर्न आयोजित कङ्ग्रेस बैठकलाई मोरालेस नेतृत्वको समाजवादी पार्टीले बहिष्कार गरेको थियो। अर्थात् उक्त बैठकमा कोरम पुगेको थिएन।

 

आनिएसले संविधान अनुसार आफू नै राष्ट्रपतिको लाइनमा रहेको बताएकी छन्।

 

'कपटपूर्ण कू'
तर हाल मेक्सिकोमा पुगेका पूर्व राष्ट्रपति मोरालेसले ट्वीट गर्दै आनिएसलाई कपटपूर्ण दक्षिणपन्थी कू को एक अङ्ग भएको आरोप लगाए। आनिएसले चाँडै निर्वाचन गराउने भनेकी छन्।

 

बोलिभियाका महान्यायाधिवक्ताका अनुसार गत महिना भएको विवादित राष्ट्रपतीय निर्वाचनपश्चात् भएका आन्दोलनका क्रममा ७ जनाको ज्यान गएको थियो।

 

पूर्व राष्ट्रपति मोरालेसले आइतवार राजीनामा गरेका हुन्। उनले आफ्नो ज्यान जोखिममा रहेको भन्दै मेक्सिकोमा शरण मागेका थिए। आफूलाई पद छाड्न दबाव दिइएको भन्दै उनले थप रक्तपात नहोस् भनेर आफू हटिदिएको बताएका छन्।

 

एउटी सिनेटर कसरी अन्तरिम राष्ट्रपति ?
मङ्गलवार आनिएसले सिनेटको अस्थायी नेतृत्व आफ्नो हातमा लिइन्। जसले उनी राष्ट्रपतिको लाइनमा पुगिन्। उच्चपदस्थ नेताहरूको शृङ्खलाबद्ध राजीनामाका कारण उनले राष्ट्रपतिको पद सम्हालेकी हुन्।

 

उनलाई नियुक्त गर्न डाकिएको संसदीय बैठकलाई मोरालेसको समाजवादी दलले बहिष्कार गरेको थियो। सो दलले उनको नियुक्तिलाई अवैध भनेको छ। 'राष्ट्रपति, उपराष्ट्रपति ‘ तथा चेम्बर अफ सिनेटर्सका अध्यक्षको अनुपस्थितिमा मैले, संवैधानिक व्यवस्था बमोजिम, राष्ट्रपतिको पद तत्काल सम्हालेको छु,' आनिएसले घोषणा गर्दा उपस्थित सांसदहरूले ताली बजाएका थिए।

बोलिभियाको सर्वोच्च संवैधानिक अदालतले उनको नियुक्तिको समर्थन गरेको छ।
- बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement