Advertisement
Advertisement
Advertisement
Advertisement

बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनेर महिला

  |      11:27:00   |  
डेम मेरी
डेम मेरी

एजेन्सी । ७३ वर्षीया डेम मेरीलाई पहिलो पटक हेर्दा लाग्दैन कि उनी बेलायतकी सबैभन्दा धनी र पहिलो बिलियनेर महिला हुन् ।

साइकल चढ्ने र सेलमा राखिएका सामान खरिद गर्ने उनी साधारण महिला जस्ती देखिन्छिन् तर यदि उनले चाहेको खण्डमा उनले सुन र हिराजडित लुगा लगाउन सक्छिन् । साथै उनीसँग आफ्नो प्राइभेट जेट छ, यसका साथै उनी हेलिकोप्टर, सिङ्गो टापू र ३ सय फिट याच ग्यालोरकी पनि मालिक्नी हुन् ।

डेमसँग १.६ बिलियन पाउन्ड अर्थात् २ खर्ब १३ अर्ब ७४ करोड ७ लाख रुपैयाँ भन्दा बढि सम्पत्ति छ । सुन्दा अचम्म लाग्ला डेमको सम्पत्तिसँग बेलायती महारानी पनि प्रतिस्पर्धा गर्न सक्दिनन् । उनको सम्पत्ती बेलायती महरानीभन्दा तीन गुणा बढि छ ।

हँसिली र जीवनलाई पूर्ण रुपमा बाँच्नुपर्छ भन्ने मान्यता राख्ने डेमलाई सेलमा किनिएका लुगा लगाउन ठूलो शौख छ । उनी हप्तामा सातै दिन काम गर्छिन् र उनलाई साइकल चलाउन र किताब पढ्न निकै मनपर्छ । यतिमात्र होइन, बेलायतकी सबैभन्दा धनी उद्यमीलाई गीत गाउन पनि निक्कै मनपर्छ त्यसकारण उनी आफ्नो लोकल कोरल सोसाइटीको कन्सर्टमा पनि भाग लिन्छिन् ।

डेम मेरी पार्किन्स स्पेकसेवर अप्टिकल्सकी संस्थापक हुन् । उनका पूरा परिवार अर्थात् उनका श्रीमान् र बच्चा पनि यसै व्यवसायमा संलग्न छन् । सन् १९८४ मा बेलायतको समुद्रमा एक द्वीप ग्वेर्नर्सबाट उनले आफ्नो व्यापारको सुरुवात गरेकी थिइन् । आज स्पेन, अष्ट्रेलिया र न्यूजिल्याण्डसमेत संसारभरी स्पेकसेवर अप्टिकल्सका १८ सयभन्दा बढि शाखा छन् । उक्त कम्पनीलाई डेम मेरी आफैंले खडा गरेकाले उनलाई मानिसहरुले ‘सेल्फ मेड वुमन’ पनि भन्छन् ।

यति ठूलो सम्पत्तिको मालिक हुँदा पनि डेम रोजाना साइकल चलाएर आफ्नो घर जान्छिन् र स्टाफ क्यान्टिनमा खाना खान्छिन् । उनी कुशल गृहिणीजस्तै आफ्नो घरको सरसफाइको ख्याल राख्छिन् । घरमा सरसफाइ गर्ने महिला पुग्नुभन्दा पहिले उनी आफ्नो घरको व्यवस्थामा ध्यान दिन्छिन् ।

मेरीको घरमा कुनै हाउसकिपर छैन न नै कुनै ड्राइभर, न्यूटीशनलिष्ट र स्टाइलिष्ट वा शेफ । उनको घरमा एउटा काम गर्ने महिला मात्रै आउँछिन् जो पछिल्लो ३० वर्षदेखि उनीसँग काम गरिरहेकी छिन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement