मंसिर ५,काठमाडौं । बेलायती सञ्चारमाध्यम बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने सय महिलाको सूचीमा नेपालकी रुक्साना कपाली पनि परेकी छिन् । सन् २०२३ का लागि विश्वका विभिन्न देशका एक सय जना प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा यौनिक तथा लैंगिक अल्पसंख्यक अभियन्ताका रूपमा कार्यरत रुक्साना पनि परेकी हुन् ।
रुक्सानाले लैंगिक तथा यौनिकताका विविध आयामबारे आफैं सिक्दै गएको जनाएको छ । उनले हुर्कंदै गर्दा आफ्नो पहिचानका बारेमा कसैबाट पनि जानकारी नपाएको बीबीसीको परिचयमा उल्लेख छ ।
एलएलबी तेस्रो वर्षमा अध्ययनरत रुक्साना नेपालका एलजीबीटीक्यू प्लस समुदायलाई कानुनी र संवैधानिक अधिकार दिलाउन संघर्षरत रहेकी छिन् । उनी हाउजिङ क्याम्पेनर अन्तर्गत १०० प्रभावशाली महिलाको सूचीमा परेको पनि बीबीसीले जनाएको छ । यस वर्ष जलवायु अभियन्ता, संस्कृति तथा शिक्षा, मनोरञ्जन र खेलकुद, राजनीति र वकालत तथा विज्ञान, स्वास्थ्य र प्रविधि विधामार्फत प्रभावशाली १०० महिला छानिएको पनि बीबीसीले उल्लेख गरेको छ ।
यस वर्ष बीबीसीको सूचीमा पूर्व अमेरिकी प्रथम महिलासमेत रहेकी लेखक तथा वकिल मिसेल ओबामा, मानव अधिकारको वकालत गर्दै आएकी अमाल क्लूनी, ब्लोन डीुओर विजेता फुटबलर, एइताना बोनमाटी, एआई विज्ञ टिमनिट गेब्रु, हलिउड स्टार अमेरिका फेरेरा र बलिउड अभिनेत्री दिया मिर्जालगायत रहेका छन् ।
यस वर्षको सूचीमा जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा लागिरहेका २८ जना महिला पनि रहेका छन् । संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप(२८ सुरु हुनुअघि यो सूची सार्वजनिक हुनुलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसअघि बीबीसीले सन् २०२० मा प्रभावशाली महिलाको सूचीमा नेपालकी सपना रोका मगरलाई समावेश गरेको थियो । सपनाले बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी छिन् । म्याग्दीकी सपनाले अहिलेसम्म करिब ३ सयभन्दा बेवारिसे शवको व्यवस्थापन गरिसकेकी छिन् ।साभार कान्तिपुर
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...