असोज २, काठमाडौं। १३ वर्षीया बालिकालाई बलात्कार आरोपमा ललितपुरबाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
डिएसपी राजु पाण्डेका अनुसार दोलखाको शैलुङ गाउँपालिका–७ घर भई हाल भक्तपुर दूधपाटी बस्ने १९ वर्षीय अनिश भुजेलले भदौ ३० गते राति आफू कार्यरत भक्तपुर नगरपालिका–१ दूधपाटीमा रहेको मस्मस् एन्ड पिज्जा हाउसमा किशोरीलाई जबर्जस्ती करणी गरेका थिए ।
भक्तपुरकै एक विद्यालयमा अध्ययनरत १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी पिज्जा हाउसमा बोलाई जबरजस्ती करणी गरेको कसुरमा भक्तपुरबाट खटिएको प्रहरी टोलीले युवकलाई ललितपुर उपमहानगरपालिका–९ भुलढोकाबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा थप अनुसन्धान कार्य गरिरहेको जनाएको छ।