Advertisement
Advertisement
Advertisement
Advertisement

बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्छ : सांसद शर्मा

  |      13:02:00   |  
web imege418
web imege418


 

असार ६ काठमाडौं । सांसद नारायणी शर्माले बजेटले जनताका गुनासाहरूलाई सम्बोधन गर्नुपर्ने बताएकी छन् । उनले जनताका भावनाअनुसार अर्थ मन्त्रालयले बजेट परिमार्जित गरेर जानुपर्ने धारणा राखिन् । 

मङ्गलवार विनियोजन विधेयक, २०८० अन्तर्गत अर्थ, सहरी विकास, खानेपानी र श्रम तथा रोजगार मन्त्रालयको विषयगत बजेटमाथिको छलफलका क्रममा शर्माले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘अहिलेको बजेट व्यवस्थापनको हिसाबले हेर्दा अझै केही मिल्न सकिराखेको छैन । यसलाई अर्थ मन्त्रालयले केही परिमार्जित गरेर र मिलाएर गुनासाहरूलाई सम्बोधन गरेर जानुपर्छ । यो कुरा जनस्तरमा समेत व्याप्तरुपमा चलेको छ  र यो आवश्यक पनि छ ।’ 

शर्माले अर्थ मन्त्रालय देशको समग्र आर्थिक भविष्यसँग जोडिएको मन्त्रालय भएको उल्लेख गर्दै मन्त्रालयले उठेका गुनासाहरूको सम्बोधन गर्नुपर्ने धारणा राखिन् । 

यस्तै अनौपचारिक करहरू बढेको गुनासो बढेको उल्लेख गर्दै सांसद शर्माले यसमा सुधार गर्ने ठाउँ छ भने सुधारेर जानु हितकर हुने धारणा राखिन् । 

शर्माले सबै जिल्लालाई समानुपातिक ढङ्गले बजेटको व्यवस्था हुनुपर्नेमा पनि जोड दिइन् । उनले भनिन्, ‘आवश्यकताको आधारमा बजेट विनियोजन हुनुपर्छ ।’ 

शर्माले देशमा रोजगारीको अभावमा लाखौँ नेपाली बर्सेनि बिदेसिन बाध्य रहेको उल्लेख गर्दै उनीहरूलाई स्वदेशमै रोक्ने नीति नै अहिलेको आवश्यकता भएको बताइन् । यस्तै बिदेसिन बाध्य श्रमिकको सुरक्षामा ध्यान दिँदै श्रम तथा रोजगारलाई व्यवस्थित र भरपर्दो बनाउनु अहिलेको आवश्यकता भएको पनि बताइन् । 
वैदेशिक रोजगारीको समस्या समाधानका साथसाथै मर्यादित रोजगारीका लागि थप पहल र बजेट व्यवस्थापन हुन जरुरी रहेको उनले धारणा राखिन् । 

यस्तै सामाजिक सुरक्षाको दायरा वृद्धि गर्दै जनतालाई आश्वस्त तुल्याउने गरी कार्यक्रम आउनुपर्नेमा पनि जोड दिइन् । ‘कोखदेखि शोकसम्म भन्ने नारालाई सार्थक बनाउने गरी कार्यक्रम आउनुपर्छ’, उनले भनिन्, ‘छात्रवृत्ति, स्वास्थ्योपचार, स्वास्थ्य बिमा लगायतका क्षेत्रमा प्रदान गरिएका सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाइनुपर्छ ।’

यस्तै सुरक्षित, स्वच्छ, व्यवस्थित र आर्थिक रूपमा गतिशील सहर निर्माणका लागि गुणस्तरीय पूर्वाधार सेवा तथा सुविधा उपलब्ध हुने गरी सहर विकास गर्न बजेट केन्द्रित गरिनु  सकारात्मक रहेको उनले बताइन् ।

तर, सहर विकास गदै गर्दा व्यवस्थित र योजनाबद्ध हुनुपर्नेमा उनले जोड दिइन् । ‘नत्र १०–१२ वर्षदेखि जसरी योजना थन्किरहेका छन्, फेरि पनि उही अवस्था आइरहन्छ’, उनले भनिन् ।
यस्तै सहर क्षेत्रमा प्रदूषणको समस्या विकराल बन्दै गएको भन्दै उनले वातावरण सन्तुलनलाई पनि ध्यान दिएर अघि बढिनुपर्नेमा जोड दिइन् । 

यस्तै खानेपानीको स्रोत बचाउन वृक्षारोपणसहितका कार्यक्रम गर्नुपर्ने, देशभर शुद्ध पानीको वितरण गर्नुपर्ने, मेलम्चीलाई व्यवस्थित बनाएर उपत्यकावासीलाई सहज पानीको आपूर्ति गरिनुपर्नेलगायतमा पनि उनले जोड दिइन् । 
रातोपाटी

 
 

 

 

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement