काठमाडौं। मतगणना सम्पन्न भएकामध्ये १२६ स्थानमा जित हासिल गर्दै अग्रस्थानमा रहेको एमालेलाई भाग्यले समेत साथ दिएको छ । समान मत ल्याएको अवस्थामा गोलप्रथाबाट समेत यही पार्टीको उम्मेद्वारले जित हासिल गरेका छन् ।
प्रसंग हो झापाको । यो जिल्लाको कमल गाउँपालिकामा एमाले उम्मेद्वार मेनुुका काफ्ले गोलप्रथाबाट अध्यक्षमा निर्वाचित भइन् । उनले र कांग्रेसका हुकुमसिंह राईले समान ८ हजार २ सय ७५ मत ल्याएका थिए । समान मत आएपछि निर्वाचन आयोगको परामर्शमा जिल्ला निर्वाचन कार्यालयले गोलाप्रथा गरेको थियो । जसमा एमालेकी काफ्लेको भाग्य चम्कियो ।
यो क्षेत्रमा एमालेकै कार्यकर्ताहरुले अन्तरघात गरेका थिए । तर त्यसको बाबजुुद गोलाप्रथाबाट समेत काफ्लेले नै जित हासिल गरेकी हुन् ।
उपाध्यक्षमा एमालेका वेणुुराज शिवाकोटी निर्वाचित भए । झापाका १५ स्थानीय तहमध्ये पाँच स्थानीय तहको परिणाम सार्वजनिक भएको छ । जसअनुसार नेकपा एमालेले दुई, राप्रपाले दुई र नेपाली कांग्रेसले एक तहमा जित हासिल गरेका छन् ।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...