असार २०, काठमाडौं ।अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को हिम्मतले ठुला माछा भनिनेहरु जेलमा कैदी बनेर बिताइरहेको बताएकी छन् । स्ववियू काउन्सिलको तेस्रो भेलालाई कीर्तिपुरमा सम्बोधन गर्दै अध्यक्ष सिंहले प्रधानमन्त्री प्रचण्डले सरकारको तर्फबाट भ्रष्टाचार विरुद्ध अभियान चलाएको बताइन् ।
‘नेपाल सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई साहसपूर्वक अघि बढाएको छ । सिंहले भनिन्, मुलुकको कायापलट गर्ने उहाँले सपना देख्नुभएको छ ,"हिजो प्रधानमन्त्रीज्यूले वर्ग संघर्ष गर्न कासन गरेकाले हामी जस्ता युवाहरु बलिदान गर्न तयार भयौं । फाँसीकोतक्तामा लट्किन तयार बनेका हौं ।’’
अहिले जनता कुन पार्टी, कसको झण्डालाई ट्रेड मार्क नबनाएर जनता भ्रष्टाचारबाट अजित भएको सिंहले बताइन् । जनतालाई सुशासन र समृद्धि चाहिएकाले सरकार सहासपूर्वक अघि बढ्नुपर्ने उनको जोड थियो । गतवर्ष भएको स्ववियु चुनावमा ८३ क्याम्पसमा सभापतिसहित ८४८ पदाधिकारी अखिल क्रान्तिकारीले जितेको सिंहले बताइन् ।