भदौ ९,काठमाडौं ।चीनको हान्झाउमा जारी १९औं एसियाड अन्तर्गत मंगलबार भएको पौडीको महिला सय मिटर फ्रिस्टाइलतर्फ नेपालकी अनुसिया तण्डुकार हिट चरणबाटै बाहिरिएकी छन् ।
हिट १ मा प्रतिस्पर्धा गरेकी अनुसियाले निर्धारित दूरी एक मिनेट ०३.१७ सेकेण्डमा पूरा गरे पनि अगाडि बढ्न सकिनन् ।
यस स्पर्धामा अनुसिया २५औं स्थानमा रहिन् ।यस खेलमा कुल ३० खेलाडीले प्रतिस्पर्धा गरेको थियो।