Advertisement
Advertisement
Advertisement
Advertisement

पौडीकी गौरिका सिंह र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान सुधार गरे, दौडमा सरस्वती चौधरीको प्रदर्शन कमजोर!

  |      15:42:00   |  
पौडीकी गौरिका सिंह र सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमान सुधार गरे, दौडमा सरस्वती चौधरीको प्रदर्शन कमजोर!

साउन १५, काठमाडौं ।  धाविका सरस्वती चौधरीको १ सय मिटर दौडमा सहभागितासँगै नेपाली खेलाडीको टोकियो ओलम्पिक २०२० को यात्रा समाप्त भएको छ । ओलम्पिकको सातौं दिन शुक्रबार बिहान प्रारम्भिक चरणको ‘हिट्स २’ मा १२.९१ सेकेन्डमा दौड पूरा गरेकी चौधरीले राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य भेट्टाउन सकिनन् । आफ्नो समूहका नौ खेलाडीमध्ये उनी आठौं स्थानमा रहिन् ।

ओलम्पिक रंगशालामा चौधरीले गरेको प्रदर्शन यसअघिको उनकै व्यक्तिगत रेकर्डभन्दा पनि कमजोर हो । उनले दशरथ रंगशालामा दुई वर्षअघि भएको १३औं दक्षिण एसियाली खेलकुद ९साग० २०१९ मा १२.५५ सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन्, जुन उनको १ सय मिटर दौडमा करिअरकै उत्कृष्ट समय हो । उनले दोहामा भएको वर्ल्ड एथलेटिक्स च्याम्पियनसिप २०१९ मा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।

नेपालको महिला १ सय मिटर स्पर्धाको राष्ट्रिय कीर्तिमान देवीमाया पनेरुको नाममा छ । उनले आठौं साफ गेम्स १९९९ ९काठमाडौं० मा १२.२० सेकेन्डमा लक्ष्य पूरा गरेकी थिइन् । सात महिनाभन्दा बढी ओलम्पिकको तयारी गरेर पनि म्याराथन धावक गोपीचन्द्र पार्की अन्तिम समयमा टोकियो यात्रा गर्ने अवसरबाट वञ्चित भएपछि चौधरीले अवसर पाएकी थिइन् ।

यसपालि चार खेलमा नेपालका ५ खेलाडीले प्रतिस्पर्धा गरे । त्यसमध्ये सुटिङकी कल्पना परियार, पौडीका अलेक्जेन्डर गाडेगार्ड शाह र गौरिका सिंहले राष्ट्रिय कीर्तिमान सुधार गरे ।

तीनवटा हिट्सबाट शीर्ष तीन धाविकासँगै चौथो स्थानमा रहेका तीन खेलाडीमध्ये उत्कृष्ट समयका आधारमा एक जना पहिलो चरणमा छनोट भए । पहिलो चरणको प्रतिस्पर्धा पनि आजै हुँदै छ । सेमिफाइनल र स्वर्णपदकको प्रतिस्पर्धा शनिबार हुनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement