मंसिर १०,काठमाडौं । । नेपाल नर्सिङ परिषद्ले राजधानीका दुईवटा परीक्षा केन्द्रहरुमा शनिबार बिहान लिएको लाइसेन्स परीक्षामा पीसीएल तर्फ सहभागी मध्ये ८१ प्रतिशत फेल र १९ प्रतिशत पास भएका छन्।
परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएकामध्ये २४६ जना(१९.३४ प्रतिशत)मात्रै पास भएका छन् ।
बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.३ प्रतिशत) पास भएका छन्।