Advertisement
Advertisement
Advertisement
Advertisement

पाल्पामा संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा

  |      16:04:00   |  
पाल्पामा संस्थागत सुत्केरी र ल्याब सेवा सञ्चालनमा

असोज १, पाल्पा । तिनाउ गाउँपालिका–२, दोभानस्थित स्वास्थचौकीमा संस्थागत सुत्केरी सेवा सञ्चालनमा ल्याइएको छ । स्वास्थ्यचौकीबाट चौबिसै घण्टा प्रसूति सेवा उपलब्ध गराउन थालेपछि महिला उत्साहित भएका छन् । 

घरमै सुत्केरी हुँदा आमा तथा शिशुको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले नेपाल सरकारले घरमा सुत्केरी हुनेहरुलाई शून्य सङ्ख्यामा झारी स्वास्थ्य संस्थामा सुरक्षित रुपमा प्रसूति गराउन प्रसूति केन्द्र (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो । वडावडाका स्वास्थ्यचौकीबाट बर्थिङ सेन्टर र प्रयोगशाला स्थापना गरी स्वास्थ्यमा नागरिकको सहज पहुँच विस्तार गर्न थालिएको उहाँले बताउनुभयो। 

प्रदेशसभा सदस्य तुलाराम घर्तीले बर्थिङ सेन्टर र प्रयोगशालाको मङ्गलबार उद्घाटन गरेपछि दुवै सेवा सञ्चालनमा आएका हुन । सो अवसरमा प्रदेशसभा सदस्य घर्तीले बर्थिङ सेन्टर र प्रयोगशाला स्थापनाले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच विस्तार भएको बताउनुभयो । प्रदेश सरकारको रु १० लाखको लगानीमा बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा ल्याइएको हो। 

प्रसूति सेवा उपलब्ध हुन थालेपछि सामान्य औषधि उपचार र प्रसूतिका लागि अन्यत्र जानुपर्ने बाध्यता टरेको छ । गाउँपालिकाका उपाध्यक्ष दमयन्ती थापाले संस्थागत प्रसूति सेवा सञ्चालनले गर्भवती तथा सुत्केरी महिलालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँँले अनिवार्य रुपमा स्वास्थ्य संस्थामै प्रसूति सेवा लिन महिलालाई अनुरोध गर्नुभयो । 

तिनाउ गाउँपालिका–२ का अध्यक्ष एवं स्वास्थ चौकी व्यवस्थापन समितिका संयोजक राजेश श्रेष्ठले स्वास्थ्य चौकीबाट प्रदान गरिने सेवा लिन सबै नागरिकलाई अनुरोध गर्नुभयो । यो स्वास्थ्य संस्थाबाट तिनाउ गाउँपालिकाको मस्याम, झुम्सा, सत्यवती क्षेत्रका महिलाले प्रसूति सेवा लिने वडाध्यक्ष श्रेष्ठले बताउनुभयो । 

 

ल्याब सञ्चालनले स्थानीयवासीलाई सहज 

प्युठानका पालिकामा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीयवासीलाई सहज भएको छ । सरुमारानी गाउँपालिकाले पालिका भित्रका तीन वटा स्वास्थ्य संस्थामा ल्याब सेवा सञ्चालन गरेको छ । स्थानीय जनताले स्वास्थ्य संस्थामै ल्याब सेवा प्राप्त गरुन् भन्ने उद्देश्यले आर्थिक वर्ष ०७६/०७७ को मङ्सिर महिनादेखि सेवा सञ्चालनमा ल्याइएको हो । 

पालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्र तीन, सामुदायिक स्वास्थ्य एकाइ एक र स्वास्थ्य चौकी तीन वटा गरी कूल सात वटा स्वास्थ्य संस्था रहेका छन् । त्यसमध्ये वडा नं १ को बाङ्गेशाल स्वास्थ्य चौकी, वडा नं। ३ को हंसपुर स्वास्थ्य चौकी र वडा नं। ५ को ढुङ्गेगढी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले बताउनुभयो । 

ग्रामीण क्षेत्रमा उपलब्ध गराइएको ल्याब सेवाले यस क्षेत्रका स्थानीयवासीलाई सहज भएको गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताउनुभयो । ल्याब सञ्चालनमा आइसकेपछि सामान्य रोगको ल्याब परीक्षणका लागि बिजुवार, दाङको भालुवाङलगायतका क्षेत्रमा जानुपर्ने बाध्यता हटेको छ । सामान्य परिवारका व्यक्ति बिरामी भएमा ल्याब टेस्टबिनानै औषधि सेवन गर्ने अवस्था पनि हटेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस क्षेत्रका स्थानीयवासीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न, आर्थिक बचत गर्न, समयको बचत गर्न र छिटो छरितो सेवा दिनका लागि सेवा सञ्चालनमा ल्याएको उहाँको भनाइ छ । 

ल्याबमा सुगर, ब्लड, दिसा, पिसाब, युरीक एसिड, मिर्गौला, क्षयरोग, कलेजो, टाइफाइडलगायतका रोग लागे÷नलागेको जाँच हुने गर्दछ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७५६ जनाले ल्याब सेवा लिएका छन् । बाङ्गेशाल स्वास्थ्य चौकीबाट २६१ महिला र १४३ पुरुष गरी कूल ४०४ जना, हंसपुर स्वास्थ्य चौकीबाट १०९ महिला र ५२ पुरुष गरी कूल १६१ जना र ढुङ्गेगढी स्वास्थ्य चौकीबाट १३४ महिला र ५७ पुरुष गरी कूल १९१ जनाले ल्याब सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रायमाझीले बताउनुभयो । 

उहाँका अनुसार चालु आर्थिक वर्षको हालसम्म बाङ्गेशाल स्वास्थ्य चौकीबाट ८८ महिला र ५४ पुरुष गरी कूल १४२ जना, हंसपुर स्वास्थ्य चौकीबाट ५५ महिला र २८ पुरुष गरी कूल ८३ जना तथा ढुङ्गेगढी स्वास्थ्य चौकीबाट ८० महिला र ३० पुरुष गरी कूल १३० जनाले ल्याब सेवा लिएका छन् । गर्भवती महिला, मलेरीया, क्षयरोग र डेङ्गु रोगको ल्याब जाँचका लागि निशुल्क सेवा दिइरहेको बताइएको छ । त्यस्तै पाँच वर्ष मुनिका बालबालिका, ६० वर्ष माथिका ज्येष्ठ नागरिक र महिला स्वास्थ्य स्वयम्सेविकाका लागि परीक्षणमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ भने अन्य जाँचका लागि शुल्क लिने गरिएको छ ।  राससका अनुसार गाउँमै ल्याब सेवा सञ्चालनमा आएपछि यस क्षेत्रका स्थानीयवासीलाई फाइदा पुगेको सरुमारानी–३ हंसपुर चाभाकी आशा विकले बताउनुभयो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement