Advertisement
Advertisement
Advertisement
Advertisement

कांग्रेसमा महिला नेतृत्वलाई प्राथमिकता, वरिष्ठसहित चार उपसभापति बनाइने

  |      14:08:00   |  
कांग्रेसमा महिला नेतृत्वलाई प्राथमिकता, वरिष्ठसहित चार उपसभापति बनाइने

असोज  १९ , काठमाडौं । नेपाली कांग्रेसले पार्टीको सांगठनिक संरचनामा परिवर्तन गर्दै वरिष्ठ उपसभापति र महिला उपसभापतिको व्यवस्था गर्ने निर्णय गरेको छ। कांग्रेसको १५औँ महाधिवेशन सुरु हुनुअघि सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको हो।
नयाँ व्यवस्थाअनुसार कांग्रेसमा उपसभापतिको संख्या चार पुग्नेछ। त्यसमध्ये एक जना वरिष्ठ उपसभापति हुनेछन्। साथै, कम्तीमा एक जना उपसभापति महिला हुनुपर्ने व्यवस्था गरिएको छ।
महामन्त्रीको संख्या पनि दुईबाट बढाएर तीन पुर्‍याउने निर्णय भएको छ। तीन महामन्त्रीमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको कांग्रेसले जनाएको छ। यससँगै पार्टीको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रयास गरिएको छ।
त्यस्तै, सहमहामन्त्रीको संख्या ११ बाट बढाएर १३ पुर्‍याउने निर्णय भएको छ। नयाँ व्यवस्थाअनुसार आठ जना समावेशी समूहबाट र दुई जना खुला प्रतिस्पर्धाबाट निर्वाचित हुनेछन् भने तीन जना सभापतिबाट मनोनीत हुने व्यवस्था गरिएको छ।
कांग्रेसले केन्द्रीय कार्यसमितिको सदस्य संख्या पनि बढाउने निर्णय गरेको छ। पार्टीको विधानमा आवश्यक संशोधन गरी यी व्यवस्था लागू गरिनेछ।
पार्टीको १५औँ महाधिवेशनका क्रममा नेतृत्व संरचनालाई थप समावेशी बनाउने, महिला तथा युवाको सहभागिता बढाउने र विभिन्न समूहलाई पार्टीको निर्णय तहमा समेट्ने विषयमा दबाब बढिरहेका बेला कांग्रेसले पदाधिकारीको संरचना विस्तार गरेको हो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement