Advertisement
Advertisement
Advertisement
Advertisement

पाठेघर खस्ने समस्यामा सुधारोन्मुख

  |      14:49:00   |  
वेब तस्विर
वेब तस्विर

फागुन २१,काठमाडौं । तराई-मधेशका विभिन्न नौ जिल्लाका महिलामा पाठेघर खस्ने समस्यामा सुधारोन्मुख रहेको एक अध्ययनले देखाएको छ । सप्तरी, सिराहा, धनुषा, सर्लाही, रौतहट, बारा, चितवन, मकवानपुर र नवलपरासीका महिलाको स्वास्थ्य परीक्षण र उपचारसहित गरिएको एक अध्ययनले पाठेघर खस्ने समस्या सुधारोन्मुख देखिएपनि अझै करीब २६ प्रतिशत महिलामा कुनै न कुनै प्रकारका पाठेघर खस्ने समस्या पाइएको देखाएको छ । 

 

 

यहाँस्थित भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा हेल्दी नेपाल कम्युनिटी फाउण्डेशनद्वारा ती जिल्लाका करीब ४५ हजार महिलामा गरिएको स्वास्थ्य परीक्षण तथा उपचारबाट सो समस्या देखिएको फाउण्डेशनका अध्यक्ष शेखर गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार सो अध्ययन सन् २०१६ देखि २०१८ सम्म गरिएको थियो । 

 

 

स्वास्थ्य परीक्षणबाट पाठेघर खस्ने समस्या देखिएका महिलालाई उपचार सेवा उपलब्ध गराइएको थियो । पाठेघर समस्या भएका महिलाको उपचारका लागि फाउण्डेशनले ती जिल्लाका विभिन्न अस्पतालसँग सहकार्यसमेत गरेको थियो । तीमध्ये पाठेघर खसेका ३६० महिलाको शल्यक्रियासमेत भएको फाउण्डेशनले जनाएको छ । विशेषगरी पिछडिएका, अल्पसङ्ख्यक, सीमान्तकृत महिलामा पाठेघर खस्ने समस्या पाइएको अध्ययनमा संलग्न फाउण्डेशनका कार्यक्रम संयोजक डा सदीक्षा गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अझै पनि कम उमेरमा विवाह गर्ने प्रचलन, जन्मान्तरको फरक कम, कुपोषण, सुत्केरी अवस्थामा उचित हेरचाहको कमीलगायतका कारण महिलामा पाठेघर खस्ने समस्या छ ।” 

 

 

अध्ययनका क्रममा रोग लुकाएर बसेका महिलाको सङ्ख्या उल्लेख्य रहेको पाइएको थियो । “सामाजिक अपहेलना हुने भयले पाठेघर खस्ने महिला उपचारमा नआउँदा समस्या बढ्दो छ”, कार्यक्रम संयोजक गिरीले भन्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघर खस्ने समस्याको निःशुल्क उपचारको व्यवस्था गरेको छ तर उपचारको पहुँचमा नआउँदा यो समस्या विकराल बन्दै गएको बताइएको छ । 

 

 

भारतीय राजदूतावासले महिला सशक्तीकरणअन्तर्गत प्रजनन स्वास्थ्य क्षेत्रमा सहयोग गरेको पहिलोपटक रहेको बताइन्छ । तीन चरणमा सम्पन्न गरेको सो परियोजनाको कुल अनुदान रकम चार करोड ९४ लाख ७० हजार ८४० रहेको छ। 
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement