साउन ११, काठमाडौं । फोटोपत्रकार पूर्णिमा श्रेष्ठले केटू हिमालको सफलआरोहण गरेकी छन् विश्वको दोस्रो सर्वोच्च शिखर पाकिस्तानमा रहेको छ । आरोहणका लागि सबैभन्दा कठिनमध्येको हिमाल केटूको सफल आरोहणसँगै उनले आफूलाई शुभकामना दिने र आफ्नो लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
शिखर चुमिसकेपछि उनले छिट्टै आधार शिविरमा सुरक्षितरुपमा फर्किने अपेक्षा व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले अवतरणबारे पनि अपडेट दिने बताएकी छन् ।
८६११ मिटर अग्लो केटू हिमाल सगरमाथापछिको दोस्रो अग्लो हिमाल हो ।