Advertisement
Advertisement
Advertisement
Advertisement

नेसनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभमा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरु सम्मानित

  |      12:49:00   |  
web image
web image

साउन २४, काठमाडौं । 'सिफ्टिङ द पाराडाइम २०८०–८१’ नाराका साथ नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चारदिने वार्षिक सम्मेलन ‘एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ सकिएको छ। 

पोखराको होटेल बाराहीमा सम्पन्न कार्यक्रममा गत आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गर्ने शाखाहरुलाई सम्मान तथा पुरस्कृत गर्दै कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरिएको थियो। कार्यक्रम आगामी वर्षका लागि स्पष्ट खाका कोर्ने उद्देश्यले कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको थियो।

साउन २१ गतेसम्म चलेको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारी गरी १५० जनाभन्दा बढीको सहभागिता थियो। 

सम्मेलनको उद्घाटन गर्दै प्रमुख कार्यकारी अधिकृत खत्रीले जीवन बीमा व्यवसाय दिनप्रतिदिन प्रतिस्पर्धात्मक र जटिल हुँदै गइरहेको परिप्रेक्षमा आफ्नो कार्यदक्षता र  मेहनतका साथ व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व कम्पनी माथि आएको बताए। यस सम्बन्धमा आपसी समन्वय गरी तोकिएको व्यावसायिक लक्ष्य पूरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पुर्याउन आवश्यक रणनीति र कार्यक्रम तय गर्नेबारे सम्मेलनमा विचार विमर्श भएको थियो।

सम्मेलनमा सहभागी कर्मचारीलाई नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले सम्पत्ति शुद्धीकरण तथा आंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए। 

सम्मेलनमा नेपालका चर्चित मनोक्रान्तिका संस्थापक डा. योगी विकासानन्दले सहभागी कर्मचारीलाई तनावमुक्त भई कार्य गरेमा आफ्नो कार्य दक्षतामा वृद्धि हुने भएकोले आफ्नो मनमस्तिष्कलाई सन्तुलन राखी सोबाट प्राप्त हुने सकारात्मक ऊर्जाले तनाव व्यवस्थापन गर्न सकिने विषयमा  प्रशिक्षण प्रदान गरेका थिए। 

अगत आर्थिक वर्ष २०७९–८० मा शाखा सञ्चालनका विभिन्न आयाममा उत्कृष्ट कार्य गर्ने ५ शाखा कार्यालय तथा उत्कृष्ट व्यवसाय गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयलाई प्रमुख कार्यकारी अधिकृत खत्रीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement