असोज १८,काठमाडौं । नेपाल बैंकको कामु सीईओको जिम्मेवारी समता पन्तलाई प्रदान गरिएको छ।
बैंक सञ्चालक समितिको असोज १४ गते बसेको बैठकले पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो। उनको नियुक्ति असोज १५ गतेबाट लागू भइसकेको कम्पनी सचिव केशवप्रसाद भण्डारीले जानकारी दिए।
बैंकका सीईओ कृष्णबहादुर अधिकारीको कार्यकाल गत असोज १४ गते समाप्त भएको थियो। सोही दिन बसेको सञ्चालक समितिको बैठकले सीईओ नियुक्त नभएसम्मका लागि पन्तलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
पन्त यसअघि नेपाल बैंकमा डीसीईओका रुपमा कार्यरत थिइन्। पन्त नेपाल बैंककै क्याडर हुन्। विसं. २०६१ सालमा उनी नेपाल बैंककै छैटौँ तहको कर्मचारीका रुपमा प्रवेश गरेकी थिइन्। तुलनात्मक रुपमा छोटो समयमै उनी नेपाल बैंकको डीसीईओ बन्न सफल भएकी महिला हुन्।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...