असोज २४, काठमाडौं । संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले नेपाली सुपारी भारत निकासी गर्नका लागि पहल गर्ने भएको छ ।
समितिकी सभापति डा. आरजु राणाले भनिन्, ‘दशैंअघि नै सबैको अनुकूल हुने गरी एउटा मिटिङ राख्छौं ।बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले अर्थ समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सहित संयुक्त बैठक बोलाउने यसका लागि समय मिलाउन समितिलाई भनेका छौं ।’