Advertisement
Advertisement
Advertisement
Advertisement

नीति तथा कार्यक्रममा समेटिएको विषयलाई कार्यान्वयन गर्न सके देश धेरै अघि बढ्न सक्छ: नारायणी शर्मा

  |      13:33:00   |  
web image
web image

जेठ ९, काठमाडौं । प्रतिनिधिसभा सदस्य नारायणी शर्माले सरकारको नीति तथा कार्यक्रममा समेटिएको विषयलाई अक्षरशः पालना गर्न सकिए विकास र समृद्धिको मामिलामा देश धेरै अघि बढ्न सक्ने बताएकी छन् ।

सोमबार नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै शर्माले भनिन्, ‘नीति तथा कार्यक्रममा धेरै राम्रा विषय समेटिएको छ । यो नीति तथा कार्यक्रममा जे विषय समेटिएको छ, यो विषलाई कार्यान्वयन गर्न सकियो भने देश धेरै अघि बढ्न सक्छ ।’
उनले विपक्षी सांसदले नीति तथा कार्यक्रममा उल्लेखित विषयलाई पूर्वाग्रही ढङ्गले उठाएको पनि जिकिर गरिन् । उनले नीति तथा कार्यक्रम सरकारको मात्रै नभएर समग्र देश बनाउने दस्ताबेज भएको उल्लेख गरिन् ।

उनले केही सांसदले जनयुद्ध शब्दमा समेत आक्रोश पोखेको भन्दै उनले कटाक्ष गरिन् । जनयुद्धकै कारणले विगतको निरङ्कुश राजतन्त्रको अन्त्य भएर यो व्यवस्थामा आउन सकिएको भन्दै शर्माले यसमा सबैले गर्व गर्न सक्नुपर्ने धारणा राखिन् ।

उनले उत्पादनलाई प्राथमिकता दिनुपर्ने र कृषकको पक्षमा नीतिहरू ल्याउनुपर्ने धारणा राखिन् । यस्तै शिक्षा क्षेत्रको विकासका लागि ‘सिकाउने र टिकाउने’ कार्यक्रम ल्याइएकोमा खुसी व्यक्त गर्दै यसलाई व्यवहारिक रूपमा कार्यान्वयन गरिनुपर्नेमा जोड दिइन् । यसको सही कार्यान्वयन हुन सकेमा शिक्षाको शिक्षाको क्षेत्रमा परिवर्तन आउन सक्ने उनको धारणा छ ।

यस्तै उद्योग कलकारखानाको विकासका साथसाथै  रुग्ण उद्योगहरू सञ्चालन गर्ने सम्बन्धमा पनि सरकारको सही नीति तथा कार्यक्रम आएको धारणा राखिन् ।  

यस्तै उनले  विकट र पिछडिएको क्षेत्रमा दुई जिल्ला बराबर एउटा एयर एम्बुलेन्सको ल्याउने भनी नीति तथा कार्यक्रममा उल्लेखित विषय सही भएको बताइन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement