असोज ३१, काठमाडौं । निर्मात्री पुनम गौतमले दोश्रो पटक फिल्म ‘मारुनी’ बाट अवार्ड थापेकी छिन् । अमेरिकाको कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड ’मा पुनम निर्मित फिल्म ‘मारुनी’ ले उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।
अवार्ड थाप्नका लागि पुनम पनि अमेरिका पुगेकी थिइन् । यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् । समलिङ्गी प्रेम कथामा निर्माण भएको यो फिल्ममा पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको थियो ।
‘मलाई यो अवार्डले अझ हौसला मिलेको छ । हामी, चाडै नै अर्को फिल्म बनाउने तयारीमा छौं ’ अवार्ड थापेपछि पुनमले भनिन् । यसअघि यो फिल्म ‘डी सिने अवार्ड’ मा पनि उत्कृष्ट सावित भएको थियो ।