Advertisement
Advertisement
Advertisement
Advertisement

नविल बैंकको उच्च तहमा कार्यरत उदाहरणीय नमिता दिक्षित
भन्छिन–‘महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि असम्भव केही छैन'

  |      15:35:00   |  
web imege
web imege

माघ ९ काठमाडौं । ऊबेलामा अफिसको जिम्मेवारीभन्दा बढी नै काम गर्ने महिला आज नबिल बैंकको उच्च तहमा पुगेकी छिन् । दरबारमार्गस्थित नबिल बैंकको मुख्य कार्यालयमा जोखिम व्यवस्थापन विभागको असिस्टेन्ट जनरल म्यानेजरको जिम्मेवारी सम्हालिरहेकी  नमिता दिक्षितले महिला प्रतिनिधित्वको साख जोगाइरहेकी छिन् । उनीभन्दा तलको तहमा महिला अफिसरहरु नभएका हैनन् तर उनको तहमा काम गर्ने महिला भने दिक्षित मात्र हुन् । 
महिला नेतृत्वका बारेमा खुलेर आफ्नो धारणा व्यक्त गर्न चाहाने दिक्षित देशका हरेक क्षेत्रमा महिलाहरुको सहभागिता हुन जरुरी ठान्छिन् । उनको भनाईमा यसका लागि सर्वप्रथम सामाजिक दृष्टिकोण नै परिवर्तन हुनुपर्छ । महिला र पुरुष भनेर गरिने भिन्न अन्तरविचार र विभेदकारी सोंच जरैदेखि उखेलिनुपर्नेमा उनको जोड छ । उनी भन्छिन्, ‘हिजोको दिनमा महिलाहरुलाई समाजको अर्कै प्राणी हो जस्तो गरेर व्यवहार गरिन्थ्यो । तर अहिले त्यो अवस्था छैन ।’ 
अझै पनि महिलाहरु घरायासी पक्षमा बढी सीमित हुनुपर्ने कुराले समस्या कतै छ भन्ने उनलाई लाग्छ । ‘भेदभावविरुद्ध गाउँ–शहरमा नै आवाजहरु चर्किन थालेका छन् । एकखालको अप्ठेरो जीवनबाट महिलाहरु बाहिर आइसके ।’ 
दिक्षितको बुझाइमा महिलाहरु शिक्षामा अब्बल, कार्यसम्पादन र जिम्मेवारीमा पनि सफल हुन थाले पनि छोराछोरी हुर्काउने कुरामा महिलाहरु अझ सचेत हुन आवश्यक छ । छोरीलाई जस्तै छोराहरुलाई पनि के गर्नुहुन्छ, के गर्नुहुँदैन भन्ने कुरा आमाले सानैबाट सिकाउनुपर्ने उनको सुझाव छ । भन्छिन्, ‘यदि सानैदेखि छोराहरुलाई पनि घरायसी काम तथा आफ्नो व्यक्तिगत व्यवस्थापनको जिम्मेवारी सुम्पिने हो भने घरको काममा महिला र पुरुष भन्ने हुँदैनथ्यो । अब यो परिवर्तन हेर्न धेरै लामो समय कुर्नुपर्दैन।’  
राजधानीमै जन्मिएकी दिक्षित मध्यम तर शिक्षित परिवारकी छोरी र बुहारी हुन् । दिक्षित २ छोरीकी आमा हुन् । जन्म र कर्मथलो नै काठमाण्डौ भए पनि उनी गाउँको सामाजिक परिवेशका विषयमा अनभिज्ञ छैनन् । कामको सिलसिला र घुमघामका क्रममा दूरदराजको जीवन प्रत्यक्ष भोगेको उनीसँग अनुभव छ । राष्ट्रकै पहिलो निजी बैंक नबिलमा ३१ वर्ष अगाडि उनले पहिलो नम्बरमा नाम निकालेर जागिर सुरु गरेकी थिइन् । बैंकर पिताको प्रेरणाले ग्राजुएसन पनि नसकी कलिलै उमेरमा बैंकमा प्रवेश गरिन् । 
कर्मलाई सफलताको कडी ठान्ने फरासिली स्वभावकी दिक्षितले आफ्नो तीन दशक लामो बैंकिङ करिअरमा महिला भएकै कारण बिभेदको महसुस कहिल्यै गर्नुपरेन् । उनी भन्छिन्, ‘नेपालमा अहिले शिक्षित महिलाहरुको संख्या उल्लेख्य छ । तर कार्यालयको समयपछि सिधै घर फर्किनुपर्ने बाध्यताले पुरुषहरुको जस्तो समाजमा मजबुत नेटवर्क छैन । यसले पनि एकखालको पर्खाल खडा गरेको छ ।’ 
‘परिवर्तन सधैं दुखले हुन्छ, सुखले हुँदैन्’ भन्छिन् दिक्षित । अहिले पनि धेरै महिलाहरु जागिरविहीन छन् । ‘म पढेलेखेकी महिला, मेरो सासुआमा पनि पढेकी र जागिरे भएकाले मलाई समस्या भएन । तर, मेरो उमेरका कैयन महिलाहरुलाई अहिले पनि धेरै गाह्रो छ ।’ उनले सुनाइन् ।  
एक फरक प्रसङ्गमा कुरा गर्दै दिक्षितले विश्वव्यापी रुपमा आर्थिक मन्दीको अवस्था देखिए पनि नेपालको अवस्था श्रीलंकाजस्तो धराशायी नहुने दाबी गरिन् । तर, नेपालको अर्थतन्त्र आयातमुखी भएकाले आर्थिक सुदृढिकरण हुन समय लाग्ने बताउँछिन् । उनी भन्छिन्, ‘हाम्रो आन्तरिक स्रोत बलियो छ । नेपालीमा इमानदारिता छ । सरकारले विकासमुखी योजना ल्याएर कार्यान्वयनमा जाने हो भने अहिले सोंचेजस्तो समस्या नेपालीले भोग्नुपर्दैन । श्रीलंका ठूला–ठूला आयोजनामा विदेशी ऋण भित्र्याएर डूबेको हो । हाम्रोमा त्यस्तो अवस्था छैन । तर, विश्वमा मन्दी लामो समयसम्म रह्यो भने त्यसले नेपाललाई पनि प्रभाव नपार्ने भन्ने कुरै हुँदैन ।’
उनको भनाईमा हाइड्रो, पर्यटन, शिक्षा र कृषिलाई प्राथमिकतामा राखेर परिणाममुखी काम गर्न सकिएको खण्डमा नेपालको अर्थतन्त्र सुदृढ हुँदै जानेछ । उनी भन्छिन्, ‘मैले भनेका यी चारवटा क्षेत्रलाई प्राथमिकता दिएर काम गर्ने हो भने नेपालको अर्थतन्त्र मजबुत हुन्छ ।’
वित्तीय क्षेत्रको दैनिकीमा व्यस्त दिक्षितले पैसासँग जोडिएका आफ्ना पुराना यादहरुको विषयमा समेत कुरा गरिन् । मध्यमवर्गीय परिवारमा जन्मिएकी भए पनि बुवाआमाले अत्यावश्यक कुरा पुर्याइदिएको बताउँछिन् । विवाह अगाडि उनका आवश्यकता खासै थिएनन् । विवाहपछि आवश्यकता बढे । तर, त्यो बेला आफैं कमाउनसक्ने भइसकेकी थिइन् । यसकारण, आर्थिक अभावबाटै गुज्रिएको वा पैसाविहीन हुनुपरेको तीता क्षणहरु भने खासै छैनन् । 
काममा कहिल्यै सम्झौता नगर्ने दिक्षित जीवनमा खुसी छिन् । अरुका लागि उदाहरणीय बने पनि अझै धेरै चिज गर्न बाँकी रहेको उनी बताउँछिन् ।  
अहिलेको सामाजिक परिस्थिति र रोजगारदाताहरुको व्यवहार धेरै नै सौहार्दपूर्ण रहेको दिक्षितको बुझाइ छ । उनी भन्छिन्, ‘सकारात्मक सोंचका साथ अघि बढ्ने हो भने महिलाहरुका लागि केही अप्ठ्याराहरु भए पनि असम्भव भने केही छैन ।’ 
कुराकानीको क्रममा उनले नबिल बैंकको विषयमा समेत बताइन् । नबिल बैंकले नेपाली समाजका लागि ल्याउने गरेका नवीनतम कार्यक्रम र प्रडक्टहरुको उनी आफैं पनि फ्यान हुन् । ग्रासरुट लेवलमा फाइनान्सिङ दिने प्रोग्राम नबिलले ल्याएको छ । महिलासँग सम्बन्धित र उनीहरुलाई भूमिकामा राखेर ऋण दिने योजना पनि नबिल बैंकले ल्याएकोमा उनी खुशी छिन् । सस्टेनेवल बैंकिङ, इम्प्याक्ट फाइनान्सिङ, फाइनान्सियल लिटरेलिअन्तर्गत इन्टरपेनरसिप बृद्धि गर्ने, ग्रिन फाइनान्सिङजस्ता कुरामा नबिल बैंक केन्द्रित छ । 
‘अरु बैंकभन्दा नबिल बैंक केही फरक छ । ठूलो बैंक भइकन पनि दुरदराजमा अर्थात ‘गिभिङ ब्याक टु द सोसाइटी’मा छौं हामी । हामीले प्रोजेक्ट फाइनान्सिङ सुरु गर्दा नेपालमा अरु बैंकहरुले गरेका थिएनन् ।’ उनले थपिन् । 
दुईसय ३३ शाखामा विस्तार भइसकेको नबिल बैंकमा अहिले २ हजार ३७ जना कर्मचारी कार्यरत छन् । तीमध्ये ३६ प्रतिशत महिलाहरु छन् ।  भर्खरै नेपालमा नै पहिलोेपटक बैंकले एनबैंक (नियो बैंक) सञ्चालनमा ल्याएको छ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement