Advertisement
Advertisement
Advertisement
Advertisement

नयाँ मन्त्रिपरिषद्‍मा उदाए छ महिला
चार मन्त्री, दुई राज्यमन्त्री

  |      17:16:00   |  
नयाँ मन्त्रिपरिषद्‍मा उदाए छ महिला

माघ ३, काठमाडौं ।  पुष्पकमल दाहाल नेतृत्वको नयाँ सरकारमा चार महिला मन्त्री र दुई राज्यमन्त्रीले मन्त्रीपरिषद्मा मंगलबार शपथ लिँदै पदभार ग्रहण गरेका छन्। 

सत्तारुढ दलहरूमध्ये चार पार्टीबाट मन्त्रीपरिषद्मा   एमाले र माओवादीले मात्रै मन्त्रीमा महिलालाई पठाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले महिलालाई राज्यमन्त्रीमा पठाएको छ ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी तीन महिला सांसदलाई मन्त्रीमा पठाएको छ ।

८ मन्त्रालय पाएको एमालेले तीन जना महिलालाई मन्त्री बनाएको हो ।

एमालेबाट मन्त्री हुने महिलामा राष्ट्रिय सभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट मनोनित सांसद विमला राई पौड्याल छन् । उनले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएकी छन् । त्यस्तै, एमालेले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर आएका ज्वालाकुमारी साह कृषि तथा पशुपन्छी र भगवती चौधरीलाई महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको मन्त्री बनाएको छ । साह बारा ३ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् भने सुनसरी ३ बाट चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन् ।

माओवादी केन्द्रले रेखा शर्मालाई सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएर पठाएको छ । शर्मा दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् । उनले एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरेकी थिइन् । शर्मा माओवादीबाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट निर्वाचित एक्ली सांसद हुन् ।

माओवादी केन्द्रले सुशीला श्रीपालीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी दिएको छ ।

रास्वपाबाट सांसद डा. तोसिमा कार्कीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको जिम्मेवारीमा दिएको छ । उनी ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् ।






Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement