भदौ १४, काडमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चीनले हालै सार्वजनिक गरेको नक्साका सम्बन्धमा सरकारले कूटनीतिक माध्यमबाट कुरा गर्ने प्रतिक्रिया दिएकी छिन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको जिज्ञासामा उनले चीन सरकारसँग संवाद गरेर सरकारको धारणा सार्वजनिक गर्ने जानकारी दिएकी हुन्।
यसमा कूटनीतिक ढंगले नै कुराकानी र पहलकदमी गर्नुपर्ने हुन्छ। हाम्रो आधिकारिक नक्सा चुच्चे नक्सा हो। हामीले संसद्को सर्वसम्मतिबाट उक्त नक्सा जारी गरेका हौँ। यो नक्सामा देशकै सर्वसम्मत छ,’ उनले भनिन्, ‘चीनले कुन सन्दर्भमा कसरी नक्सा जारी गर्यो भन्ने बारेमा कूटनीतिक पहलबाट कुराकानी गरिनेछ।’ उनले भनिन्, ‘संसद्को निर्णय जे भएको छ, आजको दिनमा आइपुग्दा एमसिसी कार्यान्वयन हुने कि नहुने भन्ने प्रश्न नै छैन। कार्यान्वयन स्वाभाविक ढंगबाट हुने नै भयो।’