Advertisement
Advertisement
Advertisement
Advertisement

त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी

  |      18:10:00   |  
त्रिभुवन विश्वविद्यालयमा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी

भदौ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ ।

त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६र०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र पुरुषको संख्या १ लाख ८३ हजार ४९० रहेको तथ्यांकमा उल्लेख छ।

त्रिवि योजना निर्देशनालयका प्रमुख डा. ऋदिश पोख्रेल त्रिविमा उच्च शिक्षा लिने महिलाको संख्या शैक्षिक सत्र २०७३र०७४ देखि क्रमशः बढेको बताउँछन् ।

शैक्षिक सत्र २०७३र०७४ मा १ लाख ९९ हजार ५७० जना, २०७४र०७५ मा २ लाख ६ हजार ९२८ र २०७५र०७६ मा २ लाख १५ हजार ८८४ जना महिलाले उच्च शिक्षा लिएका छन् ।

छोरी-बुहारीले पनि पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना बढ्दा उच्च शिक्षा लिने महिलाको संख्या बढेको डा। पोखरेल बताउँछन् । उनी भन्छन्, ‘पहिला छोरीलाई किन धेरै पढाउने भन्ने सोच थियो । समयसँगै बुहारी पनि पढाउनुपर्छ है भन्ने सोच बढ्दै गएको देखिन्छ । अहिलेका छोरी- बुहारीले आफ्नो पढ्न पाउने अधिकार उपयोग गरिरहेका छन् ।’

शिक्षाविद् डा.विद्यानाथ कोईराला त्रिविमा उच्च शिक्षा पढ्ने महिलाको संख्या बढ्नु सकारात्मक भएको बताउँछन् । तर ती शिक्षित महिलाहरुलाई रोजगारी दिने वातावरण बनाउन सरोकार पक्षसँग संवाद गरी सम्भावना खोज्नुपर्ने उनको सुझाव छ ।

शिक्षित महिलाहरुका लागि समयमै रोजगारीको अवसर सिर्जना गर्न नसकेको अवस्थामा अर्को समस्या आउने उनको बुझाइ छ । उनी भन्छन् ‘महिलाले पढ्नु भनेको ठूलो उपलब्धी हो, तर उनीहरु पढेर अवसर पाएनन् भने फेरि पनि उनीहरुले पढेर के भयो त भन्ने सोचको विकास भयो भने समस्या आउन सक्छ ।‘


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement