चैत २९,काठमाडौं । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ८ सय रुपैयाँ कायम भएको हो।
हिजो (मंगलबार) सुन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुनको मूल्यमा पनि तोलामा एक हजारले बढेर १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले बढेर एक हजार ४५० रुपैयाँ तोकिएको छ।