काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल गरेसँगै तीन महिला मन्त्रीहरुले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसकी अम्बिका बस्नेत, माओवादी केन्द्रकी आशा कोइराला र नेकपा संयुक्तकी मिथिला चौधरीले विभिन्न मन्त्रालयको जिम्मेवारी पाएका छन्।
२०२९ सालबाट नेपाली कांग्रेसबाट राजनैतिक यात्रा सुरु गरेकी सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रीमण्डल विस्तारमा सहभागी हुने नेपाली कांगेसकी एकमात्र महिला मन्त्री हुन् ।
उनी नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी पूर्वअध्यक्षसमेत हुन् । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्री र राजैनीतिक विज्ञानमा स्नातक गरेकी बस्नेतले नोना कोइराला नेतृत्वमा रहेको महिला विभागमा समेत बसेर काम गरीसकेकी छिन् । राजनैतिक यात्राको क्रममा उनले २०४२ सालको सत्याग्रहमा जेल परेकी थिइन् । पार्टी केन्द्रीय सदस्यसमेत रहेकी बस्नेत पहिलो र दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सांसद् छिन्।
महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी पाएकी आशा कोइराला प्रदेश नम्बर ४ को प्रतिनिधित्व गर्छिन् । २०६० तनँहूको जनसरकार प्रमुख भएर जिम्मेवारी सम्हालेकी थिइन्।
त्यस्तै २०४१ सालबाट राजनीतिक यात्रा सुरू गरेकी मिथिला चौधरी नेकपा संयुक्तबाट मन्त्री बनेकी वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।
जेठ ०७ काठमाडौं । डान्सर तथा अभिनेत्री कविता नेपालीले हालै सगरमाथा र ल्होत्से हिमाल आरोहण...
वैशाख ४ काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिका -४ सिंगाचौर गाउँकी धनरुपा नेपाली उमेरले ३८...
चैत ८ काठमाडौं । बुधबार रातको साढे ९ बजे । झापाकै पुरानो र ठूलो आंगिक क्याम्पस मेची बहुमुखी...
चैत ८ काठमाडौं । स्ववियु निर्वाचनमा काठमाडौंको पद्मकन्या क्याम्पस (पीके) मा स्वतन्त्रको...
चैत ७ काठमाडौं । कालिका नगरपालिका–३ स्थित एक घरमा सानुमाया स्याङतान र नरमाया लुङ्गेली...
चैत ७ काठमाडौं । विश्वविद्यालयको पढाइ पूरा भइसकेको थियो । क्याम्पसमा सहायक–प्राध्यापकको...
चैत ४ काठमाडौं । नेपाली धावक राममाया बुढा चीनमा भएको ट्रेल रेसमा तेसो भएकी छन् । गोल्डेन...
फागुन २६, काठमाडौं । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम...
फागुन २०, काठमाडौं । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले...