Advertisement
Advertisement
Advertisement
Advertisement

डाक्टर, पाइलटदेखि मिस नेपालकै सन्तानसम्म, यी हुन् यस वर्षका २४ प्रतियोगी

  |      10:57:00   |  
web image
web image

बैशाख ३१, काठमाडौं । २७ औँ शृङ्खलाको मिस नेपाल अर्थात् ‘मिस नेपाल २०२३’ को फिनाले आगामी १३ जेठमा हुँदैछ । ललितपुर गोदावरीको सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने प्रतियोगिताका लागि २४ सुन्दरी भिड्नेछन् । प्रतियोगितामा ‘मिस नेपाल वर्ल्ड’, ‘मिस नेपाल इन्टरनेसनल’ र ‘मिस नेपाल अर्थ’ जस्ता तीन शीर्ष उपाधि सहित विभिन्न सह–उपाधि विजेता पनि घोषणा हुनेछ ।

प्रतियोगिताको शीर्ष उपाधिका लागि अन्तिम स्पर्धामा भिड्न २४ सुन्दरी अहिले प्रतिभा निखार्दैछन् । जसका लागि उनीहरू विभिन्न प्रशिक्षणमा छन् ।

प्रशिक्षणका क्रममा उनीहरू आफूलाई जिम, डान्स, स्पीच र वाक लगायत विषयमा कोरियोग्राफरबाट निखारिरहेका छन्, भने पपुलर च्वाइसका लागि भोट पनि माग्दैछन् । यस वर्ष विभिन्न उपविधालाई पनि प्राथमिकता दिइएको छ ।

कम्तिमा ५ फिट ३ इन्च उचाइ तथा १८ देखि २७ वर्ष उमेरसम्मका प्रतियोगी सहभागी प्रतियोगिताको ‘ट्यालेन्ट राउन्ड’ र ‘फिटनेस राउन्ड’ सकिएको छ । ‘ट्यालेन्ट राउन्ड’ केही दिन अगाडि पोखरमा आयोजना भएको थियो, भने फिटनेस राउन्ड’ बिहीबार काठमाडौँमै गरिएको थियो ।

११ वटा सहविधा मध्य ९ वटाका लागि आगामी जेठ ४ गते विभिन्न प्रतिस्पर्धा आयोजना हुने आयोजक हिडन ट्रेजरका  प्रमोद कंसाकारले बताए । विगतका भन्दा यसवर्ष प्रतियोगिता अझै धूमधामसँग आयोजना हुने उनको भनाई छ ।

यो वर्ष कस्ता छन् प्रतियोगी

मिस नेपालबाट करियर निर्माण त हुन्छ नै त्यसको अलावा नेपालको प्रतिनिधित्वको रूपमा उनीहरूले विभिन्न प्लेटफर्ममा अवसर पनि प्राप्त गर्नेछन् ।

त्यसैले पनि डाक्टर, व्यवसायी, पाइलटदेखि मिस नेपालको सन्तानसम्म यो पटकको प्रतिस्पर्धामा उपाधिका लागि भिड्दैछन् ।

यसपटक प्रतियोगी नम्बर १ मा दाङकी रैना मजगैया छिन् । उनी कमर्सियल पाइलट हुन् । नम्बर २ मा स्मारिका कार्की रहेकी छन् । काठमाडौँकी कार्की मास मिडिया कम्युनिकेसनकी छात्रा हुन् । ३ मा प्रज्ञा बज्राचार्य छिन् । कम्प्युटर साइन्सरइन्फरर्मेसन टेक्नोलोजीमा स्नातक गरेकी बज्राचार्य पनि काठमाडौँकै हुन् ।

४ कबिना श्रेष्ठ र ५ मा आयुषा महर्जन छन् । काठमाडौँकी श्रेष्ठले फेसन टेक्नोलोजीमा स्नातक गरेकी छन् भने कीर्तिपुरकी महर्जन एमबीए ग्लोबल लिडरसिपर म्यानेजमेन्ट पास हुन् ।

त्यस्तै प्रतियोगी नम्बर ६ कीर्ति बर्तौला हेटौँडाकी हुन् । उनले डेन्टल सर्जरीमा स्नातक गरेकी छन् । ७ सुधा देवकोटा चितवनकी हुन् । उनी पत्रकारितामा ब्याचलर गर्दै छिन् । नम्बर ८ की ललितपुरबाट प्रतियोगी प्रसिद्धि शाह वातावरण विज्ञानमा स्नातक हुन् । उनी पहिलो मिस नेपाल रुवि राणाकी छोरी पनि हुन् ।

नम्बर ९ मा भक्तपुरकी सृष्टि हाडा छिन् । उनी सिभिल इन्जिनियर हुन् । १० मा ललितपुरकी सदीक्षा थापा छिन् । उनी नर्सिङ साइन्स (सायक्यायट्रिक)मा स्नातक हुन् ।

नम्बर ११ मा वर्षा गौतम छिन् । भक्तपुरकी गौतम वातावरण विज्ञानमा स्नातक हुन् । १२ मा उन्नति गुरुङ छिन् । पोखराकी गुरुङ एमबीए(अन्तिम वर्ष) ग्लोबल लिडरसिपरम्यानेजमेन्ट अध्ययनरत छिन् ।

यस्तै १३ आयुष्मा बराल सुनसरीकी हुन् । उनी समाजशास्त्ररअङ्ग्रेजी साहित्यमा स्नातक गर्दै छिन् । १४ रजनी मिश्रा नुवाकोटकी हुन् । उनी सीए पढ्दै छिन् ।

१५ नाम होलिस्का कोइराला काठमाडौँकी छन् । उनी इन्टरनेशनल बिजनेसमा स्नातक छिन् ।

यस्तै प्रतियोगी नम्बर १६ स्विन्जा सुनम ललितपुरकी हुन् । उनी सामाजिक कार्यरसाइकोलोजीमा स्नातक गर्दै छिन् । १७ नम्बरकी श्रीच्छा प्रधान काठमाडौँकी हुन् । उनी लिबरल आर्टस्रसासाइन्स मा स्नातक छिन् ।

नम्बर १८ की ग्रिष्मा अधिकारी धादिङबाट छिन् । उनको डेन्टल सर्जरीमा स्नातक जारी छ । १९ मा अपेक्षा खतिवडा भक्तपुरकी छन् । उनी बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक छिन् । नम्बर २० की कृतिका बस्नेत काठमाडौँकी छन् । उनी कम्प्युटर साइन्सरआइटीमा स्नातक हुन् ।

२१ नम्बरकी ऐश्वर्या श्रेष्ठ पनि काठमाडौँकी नै हुन् । उनले सोसल वर्कमा स्नातकोत्तर गरेकी छन् । नम्बर २२ की छिरिङ डोल्मा पाख्रिन ललितपुरकी हुन् । उनी स्नातककी विद्यार्थी हुन् ।

प्रतियोगी नम्बर सुहानी क्षेत्री झापाबाट सहभागी भएकी हुन् । उनको सोसोलोजीरसाइकोलोजीमा स्नातक जारी छ । २४ नम्बरमा रहेकी प्रीतिका खड्का काठमाडौँबाटै रहेकी छन् । उनी फेसन डिजाइनिङमा अन्डर ग्राजुएट हुन् ।

पहिले र अहिले
मिस नेपाल प्लेटफर्म करियर निर्माणका लागि युवतीहरू माझ आकर्षण छ किनभने यो प्लेट फर्मबाट चुनिएका व्यक्तिहरू विभिन्न करियरमा सफल छन् ।

सौन्दर्य प्रतियोगिता प्रति सामाजको सोच फराकिलो बन्दै गएको छ । यस्ता प्रतियोगितालाई भविष्य निर्माणको एउटा अवसरको रूपमा बुझ्न थालिएको छ ।

त्यसैले डाक्टर, पाइलट, इन्जिनियर लगायत प्रतिष्ठित पेसाका व्यक्तिहरूसमेत प्रतियोगितामा उपस्थिति बढ्दो छ । गतवर्ष ‘मिस नेपाल’का २४ मध्ये ६ जना डाक्टर रहेका थिए । जसमा दिलाशा डोटेल, आयुष्नोभा ढुंगाना, मेरिका बास्तोला(डेन्टिष्ट), सरीषा श्रेष्ठ, यशस्वी श्रेष्ठ र गंगा गुरुङ रहेका थिए । जसमा डा.सरीषा श्रेष्ठले ‘मिस नेपाल अर्थ’ को उपाधि समेत चुमेकी थिइन् ।

यो पटक पनि मिस नेपालमा कमर्सिल पाइलट, डाक्टरदेखि फेसन डिजाइनर, पत्रकारिता, बिजनेस, टेक्नोलोजीदेखि साइन्स अध्ययन गरिरहेकासम्म छन् । गत वर्षको तुलनामा यो पटक अझ बढी पेसासँग अबद्ध व्यक्तिहरूको सहभागिता छ ।

७ औँ शृङ्खलामा आइपुग्दा मिस नेपालमा धेरै परिष्कृत भएको छ । त्यो सँगै यसै प्रतियोगीताका विजेताका सन्तान समेत सहभागी हुन थालेका छन् ।

पहिलो ‘मिस नेपाल’ बनेर नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरमा लेखाउन सफल रुवि राणाकी छोरी प्रसिद्धि शाहको प्रतियोगितामा सहभागिताले भने मिस नेपाल अझ ‘परिपक्व’ भएको देखिन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement