भदौ ३, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमले गुणस्तरीय सेवामा जोड दिनु पर्ने जानकारी दिइन् । प्युठानको माण्डवी गाउँपालिका–३ जसपुरमा नेपाल टेलिकमको एफटीटीएच सेवा उद्घाटन गर्दै उनले गुणस्तरीय सेवा प्रवाहमा जोड दिएकी हुन् ।
आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्हालेपछि टेलिकमको सेवा सुधारलाई प्राथमिकतामा राखेको जानकारी दिंदै उनले भनिन्, ‘मैले मन्त्री भएपछिको पहिलो निर्णय नै टेलिफोन सेवा सुधारमा केन्द्रित हुने गरेको थिएँ, ६ महिनाको अवधिमा निरन्तर टेलिकमका अधिकारसँग छलफल गर्नेदेखि सेवाग्राहीकै बीचमा पुगेर अन्तरक्रिया गर्नेसम्मको काम भएको छ।’
उनले गाउँ शहर सबैतिर सेवा बिस्तारमा ध्यान दिन टेलिकमका अधिकारीहरुलाई आग्रह गर्दै जतिसक्यो धेरै उपभोक्तालाई प्रविधिसँग जोड्नुपर्ने जानकारी दिइन् ।