Advertisement
Advertisement
Advertisement
Advertisement

छिमेकी मुलुक भारतका शक्तिशाली महिला

  |      08:13:00   |  
सोनिया गान्धी
सोनिया गान्धी

काठमाडौं। प्रतिभा देवी पाटिल : स्वतन्त्र भारतको ६० वर्षको इतिहासमा २४ जुलाई, २००७ का दिन प्रथम महिला राष्ट्रपतिका रूपमा प्रतिभा पाटिल निर्वाचित भइन् । उनी आफ्ना प्रतिद्वन्द्वी भैरो सिंह शेरावतलाई ३ लाखभन्दा बढी मतले हराएर १३ औं भारतीय राष्ट्रपति बनेकी हुन् । महाराष्ट्रमा १९ डिसेम्बर १९३४ मा जन्मिएकी प्रतिभा देवी पाटिल राजनीतिमा आउनुपूर्व सामाजिक कार्यकर्ताका रूपमा सक्रिय थिइन् । उनी मुम्बई विश्वविद्यालयमा कानुनकी  विद्यार्थी थिइन् ।

 

सोनिया गान्धी : इटालीमा जन्मिएकी सोनिया गान्धी संसारकै सबैभन्दा शक्तिशाली महिला नेतृमध्ये एक हुन् । उनी इन्डियन नेसनल कांग्रेसकी अध्यक्ष तथा युपीएकी प्रुमख हुन् । सोनिया १९६४ मा अध्ययनका लागि क्याम्ब्रिज पुगिन् जहाँ उनको भेट राजीव गान्धीसित भयो र राजीवसित विवाहपछि उनी भारत आइन् । १९९१ मा राजीवको हत्यापछि सोनियाले आफूलाई सक्रिय राजनीतिबाट टाढा राखिन्, तर पार्टी राजनीति कठिन परिस्थितिबाट गुज्रन थालेपछि उनले १९९७ मा राजनीतिमा आउने निर्णय गरिन् अनि कांग्रेस पार्टीको अध्यक्ष पदमा नियुक्त भइन् ।

 

शीला दीक्षित : ७४ वर्षीया शीला दीक्षित लगातार तेस्रो पटक दिल्लीको मुख्य मन्त्री पदमा आसीन छिन् । पञ्जावमा जन्मिएकी शीलाले दिल्लीको मिरान्डा हाउसमा अध्ययन गरेकी हुन् । उनको विवाह भारतीय प्रशासनिक अधिकारी विनोद दीक्षितसँग भयो । १९९८ मा कांग्रेसले पहिलो पटक उनलाई मुख्यमन्त्रीका रूपमा दिल्लीको सत्ता सुम्पियो । २००८ मा उनी सर्वश्रेष्ठ मुख्यमन्त्री छनोट भइन् । एनडीटीभीबाट उनलाई २००९ को पोलिटिसियन अफ द इयर अवार्डबाट पनि सम्मानित गरियो ।

 

मायावती : मायावती उत्तर प्रदेशमा ४ पटक मुख्यमन्त्री बन्ने रेकर्ड बनाउन सफल छिन् । मायावतीको जन्म १५ जनवरी, १९५६ मा गाजियावादको एउटा सानो गाउँमा भएको थियो । मायावतीको राजनीतिक करियरलाई यो स्थानसम्म पुर्‍याउन उनका राजनीतिक गुरु काशीरामको ठूलो योगदान छ । १९८४ मा काशीरामले बसपा पार्टीको जग बसालेका बेला मायावती पार्टीकी सक्रिय सदस्य थिइन् । उनी १९९४ मा राज्यसभाका लागि छनोट भइन् भने १९९५ मा उत्तर प्रदेशको प्रथम दलित महिला मुख्यमन्त्री बनिन् ।

 

ममता बनर्जी : पश्चिम बंगालमा दिदीका नामबाट परिचित ममता बनर्जीले २० मे २०११ मा पश्चिम बंगालको मुख्यमन्त्रीका रूपमा शपथ लिएकी हुन् । उनले राज्यमा ३४ वर्षसम्म लामो वामपन्थी शासनको अन्त्य मात्र गरिनन्, उनी राज्यकै प्रथम मुख्यमन्त्री पनि बनिन् । ५६ वर्षीया तृणमूल कांग्रेसकी प्रमुख ममताको जन्म १९५५ मा कोलकाताको एउटा मध्यवर्गीय परिवारमा भएको थियो । कम उमेरमा पिताको निधनपछि गरेको संघर्षले उनलाई दृढ र मजबुत बनायो । उनले पश्चिम बंगालको युथ कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरी १९९४ मा तृणमूल कांग्रेस स्थापना गरेकी हुन् ।

 

जय ललिता : जीवनको संघर्षलाई आफ्नो शक्ति बनाएर अघि बढेकी प्रमुख नेतृमध्येकी एक हुन्–तमिलनाडुकी महिला मुख्यमन्त्री जय ललिता । उनले हरेक पाइलामा विजय हासिल गरी सफलता प्राप्त गरिन् । त्यसैले उनी आइरन लेडी अफ इन्डियाका रूपमा पनि परिचित  छिन् । २४ फेब्रुअरी १९४८ मा जय ललिता अर्थात् अम्माको जन्म भएको हो । दुई वर्षको उमेरमै उनका पिता उनलाई छाडेर गए । त्यसपछि उनकी आमा चेन्नई आइन् र अभिनेतृ आमाकै सल्लाहअनुसार जय ललिताले पनि फिल्मी प्रारम्भ गरिन् ।

१९८२ मा उनको राजनीतिक करियर सुरु भयो र उनले एआइएडीएमके (अखिल भारतीय अन्ना ट्रविड मुनेत्र कषगम) ज्वाइन गरिन् । उनलाई उनका राजनीतिक गुरु एम.जी. रामचन्द्रनबाट मार्गदर्शन प्राप्त भैरह्यो । १९८४ मा उनी राज्यसभा सदस्य बनिन् । १९८७ मा एम.जी. रामचन्द्रनको मृत्युपछि १९९१ मा जय ललिताको नेतृत्वमा उनको पार्टीले सफलता प्राप्त गर्‍यो र उनी तमिलनाडुको मुख्यमन्त्री पदमा आसीन भइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement