कार्तिक२३,काठमाडौं ।हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् ।
गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो ।
‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो । उहाँँहरुले अफिसियल मेल मार्फत नै जानकारी गराएपश्चात हामीले विशेषत यो सिरिजका लागि इन्दुको कप्तानी परीक्षण र नयाँ पुस्तालाई जिम्मेवारी दिन तयार गर्न खोजेका हौं’, उनले भने ।
इन्दुको कप्तानी सही सावित भए उनले निरन्तरता पाउन सक्ने खड्काले जानकारी दिए ।