कात्तिक १६, काठमाडौं । विश्वभरि कार्यरत गुगलका कर्मचारीहरूले कम्पनीले महिलाहरूसँग गर्ने व्यवहारको विरोधमा शृङ्खलाबद्ध रूपमा हड्ताल गरेका छन्। उनीहरूले कम्पनीमा यौनदुर्व्यवहारका आरोपको सुनुवाइ लगायत अन्य विषयमा महत्त्वपूर्ण परिवर्तनको माग गरिरहेका छन्।
गुगलका प्रमुख कार्यकारी सुन्दर पिचाईले कर्मचारीलाई उनीहरूसँग त्यसो गर्ने अधिकार भएको बताएका छन्। सबै कर्मचारीलाई इमेल पठाउँदै उनले भनेका छन्त - पाईँहरू धेरैको आक्रोश र निराशा म बुझ्न सक्छु।
प्रतिबद्ध
आफूले पनि त्यो त्यस्तो अनुभूति गरेको भन्दै उनले सुधार गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएका छन्। यौनदुर्व्यवहारको आरोप लागेका एक वरिष्ठ कार्यकारीलाई कम्पनी छाड्दा नौ करोड डलर भुक्तानी दिएको विषयले गुगलभित्र व्यापाक आक्रोश देखिएको छ।
तर एन्ड्रोइड सफ्ट्वेयर निर्माता एन्डी रुबिनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गरेका छन्। मंगलवार कम्पनीको अनुसन्धान प्रयोगशालाका अर्का कार्यकारीले पनि राजीनामा दिए।
रिचर्ड डिभलले एउटा पदका लागि अन्तर्वार्ता लिइएकी एउटी महिलासँग अवाञ्छित सम्बन्ध राख्ने प्रयास गरेको बताएको छ।
त्रुटि
राजीनामा दिएपछि डिभलले त्यसबारे केही टिप्पणी गरेका छैनन्। तर यसअघि उनले त्यो घटनामा आफ्नो 'त्रुटि' भएको बताएका थिए। बिहीवारको हड्तालमा सहभागी भएका कर्मचारीले आफ्ना टेबलमा एउटा सन्देश लेखेका छन्- 'म मेरो टेबलमा छैन। किनकि म अन्य सहकर्मीसँगै यौनदुर्व्यवहार, पारदर्शिताको अभाव र सबैका लागि सहज नभएको कार्यालयस्थलको संस्कृतिको विरोधमा छु।
उनीहरूले व्यवस्थापनसमक्ष औपचारिक रूपमै आफ्ना माग राखेका छन्। तिनमा सार्वजनिक रूपमै यौनदुर्व्यहारसम्बन्धी एउटा पारदर्शी प्रतिवेदनु बनाइनुपर्ने र बोर्डमा कर्मचारीहरूका एक प्रतिनिधि नियुक्त हुनुपर्ने विषय छन्।
माघ ४, काठमाडौं । जापानको हवाई विमान कम्पनी ‘जापान एयरलाइन्स’को अध्यक्षमा कम्पनीकी पूर्व...
पुस २,काठमाडौं । जुन उमेरमा मानिसहरूले सेवानिवृत्तिको योजना सुरु गर्छन्, त्यो उमेरमा...
मंसिर २६, काठमाडौं । अमेरिकी विश्वविद्यालय हावर्डकी अध्यक्ष क्लाउडिन गेमाथि राजीनामाको...
मंसिर २६, काठमाडौं । बीबीसीका अनुसार उनले रगत बेच्ने व्यवसायीका कारण ग्रामीण इलाकामा एचआईभी...
मंसिर २५,काठमाडौं । भारतकी एक २६ वर्षीया डाक्टरले प्रमीले दाइजो मागे पछि आत्महत्या गरेकी...
मंसिर २१, काठमाडौं । १०० शक्तिशाली महिलाको सूचीमा सीतारमणलाई भारतीय अर्थमन्त्री निर्मला...
मंसिर २१, काठमाडौं । दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक...
मंसिर १९, काठमाडौं ।बुधबारअमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ...
मंसिर १५,काठमाडौं । आफ्नो प्रेमी र प्रेमिकाले आफूबाहेक कुनै तेस्रो व्यक्तिलाई आँखा नलगाओस्...