Advertisement
Advertisement
Advertisement
Advertisement

लोपोन्मुख महिला समुदायका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

  |      17:33:00   |  
लोपोन्मुख महिला समुदायका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु

काठमाडौं। देशभरका ३० जिल्लामा लागू हुने गरी राष्ट्रपति महिला उत्थान कार्यक्रम कपिलवस्तुबाट सुरु भएको छ । मंगलबार कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले महिला उत्थान कार्यक्रमले महिलाको आर्थिक सामाजिक सशक्तीकरणमा टेवा पुऱ्याउने विश्वास व्यक्त गरिन् ।

 

सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत अति विपन्न, गरिब र लोपोन्मुख महिला समुदायको उत्थानका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम घोषणा गरेको उनले बताइन् । कार्यक्रम महिलाको जीवनस्तर उकास्न फलदायी हुने राष्ट्रपति भण्डारीले विश्वास व्यक्त गरिन् । कार्यक्रमले महिलाको क्षमता विकास गरी उद्यमी बनाउन, उनीहरूको आर्थिक, सामाजिक रूपान्तरण गर्न, समुदायको दिगो विकासको लक्ष्य हासिल गर्ने, लैंगिक हिंसा रोकथाम गरी प्रभावितको संरक्षणामा जोड दिने उनको भनाइ छ ।

 

यस्ता ठाउँमा कार्यक्रम
मानव विकास सूचकांकमा पछि परेका जिल्लाका अति विपन्न दलित, पिछडा, जनजाति, खस, आर्य, तथा मुस्लिम समुदायका महिलालाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको छ । कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम कार्यान्वयन जिल्ला समन्वय समितिसमेत गठन भएको छ ।

 

महिलाको क्षमता वृद्धिका लागि कार्यक्रम
कार्यक्रमले महिलाको हक अधिकार सुनिश्चित गर्दै राष्ट्रनिर्माणको प्रत्येक तहमा समान सहभागिता जनाउन जोड दिनेछ । साथै, महिलाको आर्थिक उन्नति, प्रतिष्ठा तथा सम्मान प्रवद्र्धन गरी लैंगिक विभेदको अन्त्य गर्ने राष्ट्रपति महिला उत्थान कार्यक्रमको लक्ष्य छ । कार्यक्रम ५ नम्बर प्रदेशका कपिलवस्तु, प्युठान, रोल्पा, रुकुममा लागू हुनेछ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement