साउन ४, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले महामन्त्रीद्वयले सबैको नेतृत्व गर्ने गरी अगाडि नबढे विकल्प खोजिने जानकारी दिइएकी छन् । केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै केन्द्रीय सदस्य खतिवडाले महामन्त्रीले देखाएको सपना पुरा गर्न कृतसङ्कल्प रहेको भन्दै दायरा फराकिलो बनाउन आग्रह गरिन् ।
तपाईँहरूले दायरा फराकिलो बनाउनुभएन भने हामीले जसरी तपाईँहरू अरू कसैको विकल्प खोज्छौँ भन्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले पनि तपाईँहरूको विकल्प खोज्छौँ भन्नुपर्ने अवस्था नओस् । त्यतातर्फ ध्यान दिनुहोला ।’ उनले सभापति शेरबहादुर देउवालाई मात्रै दोष देखाएर महामन्त्री उम्किन नसक्ने बताइन्।
खतिवडाले भ्रष्टाचाररहित समाज बनाउने चिन्तामा आफूहरू रहेको उनले भनिन्। ‘कानुनी राज्य र न्यायिक सर्वोच्चता मान्छौँ’, उनले भनिन्, ‘कांग्रेसको एउटा नेता थुनिँदा अरू नेताहरू धन्यवाद दिन गृहमन्त्रीकहाँ जानुहुन्छ। तर अरू कुनै नेताको नाम आउँदा भने चुपचाप बस्नुहुन्छ।’
पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परिसकेपछि कांग्रेसका नेताहरूको एउटा समूह गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न पुगेको थियो।