बैशाख २७, काठमाडौं ।बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या गरिन् ।
‘मान्छे बेच्ने जस्तो जघन्य अपराध केही पनि होइन । जब एउटा मान्छेले अर्को मान्छेलाई जनावर सरह लगेर बेच्छ र त्यसबाट धन कमाउँछ । त्यस्ता अपराधीहरुको परिवारमा राखेको सम्पति जफत गरिनुपर्छ’ सांसद कार्कीले भनेकी छन् ।
भ्रष्टाचारमा संलग्न भएको अपराधीलाई फेरि राजनीतिमा कहिले आउन नपाउने गरी बन्देज गर्नुपर्ने उनको राय छ । यसो गर्दा मात्रै भ्रष्टाचार नियन्त्रण हुन सक्ने उनको भनाइ छ । ‘‘तबमात्रै भ्रष्टाचार न्युनीकरण हुन सक्छ र भ्रष्टाचारमा परेका जो कोहीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । चाहे आफन्त हुन् चाहे आफ्ना पार्टीका हुन् ‘ सांसद कार्कीले भनेकी छन् ।