Advertisement
Advertisement
Advertisement
Advertisement

के बोलिन् त झाँक्रीले, जसले गर्दा नेताहरुका आँखा रसाए ?

  |      10:55:00   |  
के बोलिन् त झाँक्रीले, जसले गर्दा नेताहरुका आँखा रसाए ?

भदौ ८,काठमाडौं ।झाँक्रीको बोल्ने पालो खासमा बिहीबारको बैठक कार्यसूचीमा पनि रहेनछ । यो बैठकमा केन्द्रीय सदस्यले मात्रै बोल्ने, सबै पदाधिकारीका तर्फबाट अध्यक्ष माधव नेपालले मात्रै बोल्ने कार्यक्रम रहेछ । स्थायी कमिटी बैठकमै सबैले बोलिसकेको तर्क दिँदै केन्द्रीय कमिटी बैठक चालु भएपछि सचिव झाँक्री पनि छुट्ने भइहालिन् ।

तर जब केही केन्द्रीय सदस्यहरुमध्ये कसैले झाँक्रीको नामै लिएर, कसैले नाम नलिए पनि प्रष्ट बुझिने गरी उनी निष्क्रिय हुनुको ‘कारण देखाऊ’ भने, तब उनलाई बोल्न करै लाग्यो ।

‘बैठक चलाइरहेका महासचिव घनश्याम भूसालले क्रमशः सम्मानित नेता खनाल, अनि अध्यक्ष नेपाललाई बोल्न आग्रह गर्नुअघि झाँक्रीलाई आफ्ना कुरा राख्न अवसर दिए । यो नै झाँक्रीलाई भावुक बनाउने कारण बन्न गयो ।

‘झाँक्रीले बैठकमा भनिन्,  ‘खोइ के भन्ने, आज त बोल्न पनि पाइयो, बोल्न पाउँछु भनेर सोचेको पनि थिइनँ’, झाँक्रीले बैठकमा भनिन्, ‘हामीलाई त ठेल्दा ठेल्दा किनारामै पुर्‍याइएको छ । पार्टीका स्थायी कमिटी, केन्द्रीय कमिटी बैठकहरुमा आफ्ना कुरा राख्नै पाइँदैन ।’

झाँक्रीले बैठकमा बोल्दै आफू शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा शहरी विकास मन्त्री भएर थालेका काममध्ये केहीलाई टुंगोमा पुर्‍याउन लाग्दालाग्दै जिम्मेवारीमुक्त हुनुपरेको दुखेसो गरिन् । केही दिन समय पाए आफूले दीर्घकालीन परिणाम दिने खालका कामको रुपरेखा बनाउँछु भन्दा पनि पार्टीबाट साथ नपाएको गुनासो गरिन् ।

उनले अरु प्रश्न सोध्न छाडिनन्, ‘एकैचोटि मिडियामा सुनें, मन्त्री नरहेको भनेर, त्रिशुलीपारि झण्डा हल्लाउँदै पुगेका किसान श्रेष्ठले फर्किँदा झण्डा छोपेर आउनुपर्‍यो, यही हो हाम्रो सूचना आदानप्रदानको तरिका ?’

आफूले नयाँ बन्दै गरेको पार्टी चलाउँदा कसरी अघि बढ्ने भन्नेबारेमा कुरा राख्न खोजे पनि बोल्न समेत नपाएको उनले आक्रोश पोखिन् । संसदीय राजनीतिका च्याम्पियन भनेर पार्टीभित्र चिनिएका माधव नेपाल र राजेन्द्र पाण्डेले समेत उचित संयोजन गर्न नसक्दा सरकार र पार्टी दुवैतर्फ बलियो पर्फमेन्स नभएको उनको भनाइ थियो ।

केन्द्रीय सदस्यहरुले समेत आफ्नो स्पिरिट नबुझेको झाँक्रीले आरोप लगाइन् ।उल्टै हामीलाई लुछ्ने ? पदलोलुप भन्ने ? केही समय पाएको भए काम गर्न सकिन्थ्यो पो भनेको हो, पदमै सधैं टाँसिइरहने भनेको थियो र ?’ झाँक्रीले केन्द्रीय सदस्यहरुतिर हेर्दै भनिन्, ‘पार्टीभित्र बोल्न नपाएपछि बाहिर रित्ता भाँडाहरु बजिहाल्छन् नि । मिडियामा गएर बोल्न समस्या हुँदैन ।’

आफ्ना सबै आक्रोश सुनाइसकेपछि झाँक्री साम्य भइन् । उनले पार्टीको गतिमा केही न केही फरक परेको, तर नयाँ महासचिव भूसालसमेतको प्रवेशले पार्टी निर्माण हुनेमा आशा जागेको बताइन् ।

नेता खनालले पार्टीमा झाँक्रीका भनाइ सम्बोधन गर्दै वैचारिक अलमलहरु रहेको स्वीकार गरे । उनले नयाँ पुस्ताको भावनालाई नेतृत्वले सुविचारित ढंगले सुन्नुपर्ने भनाइ राखे । ‘पार्टी क्रान्तिका लागि हो, मतविभाजनका लागि होइन, अहिले सानातिना मतभेद छन् भने पनि काममा लागौं’, खनालले भने ।

महासचिव भूसालले पार्टीका निर्णय सुनाउनुअघि भने, ‘जे भयो, त्यो इतिहास भयो । हामी बनाउनलाई जति जिम्मेवार छौं, भत्काउनलाई पनि त्यति नै जिम्मेवार । त्यसैले ६ महिने अभियानमा स्फुर्तिसाथ अघि बढौं ।’पार्टी अध्यक्ष नेपालले बैठ झाँक्रीजी, सक्रिय भएर अघि बढ्नुहोस् ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement