साउन ३२,काठमाडौं ।नेपाली कांग्रेसकी सांसद देउवाले पशु चौपायमा संक्रमण बढिरहेको लम्पी स्किन रोग मानिसमा सर्ने जोखिम बढेको जानकारी दिएकी छन् । बिहिबार प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले धेरै रोगहरू मानिसमा पशुबाट पनि सर्ने भएकोले लम्पी स्किनबाट मानिसमा पनि जोखिम बढेकोले यसबारे अध्ययन हुनुपर्ने जानकारी दिइन् ।
उनले भनिन– ‘यो रोग झिंगाबाट, लामखुट्टेबाट पनि सर्ने रहेछ । डर त मलाई के लाग्यो भने यो त मान्छेमा पनि सर्छ कि क्या हो ? किनभने धेरै रोगहरू वातावरण परिवर्तनका कारण मान्छेमा पनि सर्ने गरेको छ ।'
राणाले जलवायु परिवर्तनका कारण अरू रोग पनि आउन सक्छन् भनेर अनुसन्धान गर्न सरकारको कार्यक्रम छ कि छैन भनेर प्रश्न समेत गरिन । सांसद राणाले पशु उपचारका लागि पशु स्वास्थ्य केन्द्र स्थापना गर्न सरकारलाई सुझाव पनि दिएकी छन्।