Advertisement
Advertisement
Advertisement
Advertisement

किरानाबाटै धनगढीमा घर, छोराछोरीको पढाइ र आफूलाई ‘स्कूटर

  |      11:01:00   |  
किरानाबाटै धनगढीमा घर, छोराछोरीको पढाइ र आफूलाई ‘स्कूटर

‘भदौ ७, काठमाडौं । नेपालीको आत्तिने बानी, छिटो प्रगति भएन, पैसा भएन छिटै उपलब्धि भएन भन्ने हुन्छ । तर मैले कहिले यस्तो सोचिँन, संघर्ष गर्दै गए, अहिले सन्तुष्ट छु।’ उनले भनिन् । 

उनी अर्थात् ‘धर्मा सिंह’ उमेरले ४० वर्ष पुगेकी धनगढी उप–महानगरपालिका ३ विशालनगरकी सिंहको परिचय त्यति मात्रै हैन । उनी उद्यमी महिलाका रूपले परिचित छिन् । 

१६ वर्षकै उमेरमा बिहे गरेकी धर्माको १७ वर्षमा छोरी भइन् । श्रीमानको कमाई केही नहुँदा बिहे गरेको केही समयमै घरपरिवार धान्ने सबै जिम्मेवारी उनले नै सम्हालिन् । ‘त्यसपछि आफैं कमाउन थालेँ ।’ उनले भनिन्,अहिले छोराछोरीहरू ‘ब्याचलर लेबल’ पुगेका छन् । छोरो अहिले जापानका लागि अप्लाइ गरिरहेको छ । छोरी ‘ब्याचलर फोर एयर’ पढी रहेकी छन्, परीक्षा थियो ‘लकडाउनले’ रोकियो ।’ 
बिहेपछि ।।।
‘२०५२ साल माघमा बिहे हुँदा धर्मा १६ वर्षकी मात्रै थिइन् । ७ कक्षामा पढ्थिन उनी । श्रीमानको मुख नै नहेरी बुवा–आमाकै रोजाइका मान्छेसँग बिहे गरिन् । माइतीमा निकै सुखसयलमा हुर्केकी उनी बिहेपछि भने घरको आर्थिक स्थिति न्यून भए पनि निकै समस्यामा परिन् । गरिब घरमा परियो’,उनले भनिन,’मेरो दाजु सरकारी जागिरे हुनुहुन्थ्यो । बुवा–आमाले घरमा काम गर्ने मान्छे पनि राख्नु भएको थियो ।’

‘कामदारहरूलाई एक सिङ्गो घर नै दिनु भएको थियो । तर आफू भने निकै न्यून स्थितिको परिवारमा परियो । श्रीमानले गाडी चलाउनु हुन्थ्यो । तर घरमा उहाँले कहिले पैसा दिनु भएन  ।’

तराईमा हुर्केकी उनी बिहे गरेपछि पहाडी बिकट जिल्ला बझाङ झरिन् । तर त्यहाँ उकाली–ओरोली गर्न नसकेपछि फेरी उनी तराइ झरिन् ।

किराना पसलबाट धनगढीमा घर–जग्गा
‘त्यसपछि २०५३ सालमा धनगढी चौराहामा किराना पसल थालिन् । त्यसको ४ वर्षपछि एकलाख १० हजारमा धनगढी विशालनगरमै तीन कठ्ठा जग्गाको घडेरी किनिन् । 

त्यसको दोस्रो वर्षमा उनले आफ्नै कमाइले घर निर्माण गरिन् । अनि उनले आफ्नै घरमा किराना पसल राखिन् । झन्डै १२ वर्ष आफ्नै घरमा किराना पसल सञ्चालन गरिन । छोरा–छोरी सानै थिए, उनले भनिन्,‘यही किराना पसलबाट मैले धनगढीमा घडेरी किनेर घर लगाएँ । किराना पसलबाटै छोरा–छोरीलाई स्कुल पढाएँ ।’

श्रीमानले घरव्यवहार धान्न कहिले सहयोग गरेनन् । त्यसपछि त श्रीमानले बसको जागिर पनि छोडे, राजनीति कता–कता अल्झिए । उनले भनिन,म आफैंले धनगढीमा घर–जग्गा जोडेर छोरा हुर्काए, ‘ब्याचलर’सम्म पढाएँ ।’

किरानापछि घरेलु उद्योग
’श्रीमानले भएको जमिन पनि बचेर गाडी किने । किराना पसल छोडेर उनी छोरा–छोरीलाई उच्च शिक्षा पढाउन श्रीमानसहित काठमाण्डौ गइन । ‘छोरी कलेज जान्थिन्।’ म त्यहाँ पनि त्यत्तिकै बसिन एउटा बुटिकमा काम गर्थे’,उनले भनिन्,‘त्यहाँ पनि मैले महिनाको ९÷१० हजार कमाउँथे । छोरीले त्यतिखेर १२ पास गरिन् ।’ 

'काठमाण्डौमा भूकम्प गयो । श्रीमानको कमाइ नहुँदा महँगीले काठमाण्डौँमा टिक्न सकेनौ । त्यसपछि छोरीलाई सहरमा एक्लै छोड्न मन लागेन, अनि सँगै धनगढी ल्याएँ।'( उनले भनिन् ।
काठमाडौँ हुँदा उनले बुटिक सम्बन्धी सिप सिक्न पाइन् । छोरीले पनि डिजाइनरको तालिम लिइन् । ‘म पनि सानैदेखि सिपकलातिर मेरो ध्यान धेरै थियो’,उनले भनिन्,’केही देखेपछि सिकिहाल्ने, कसैले सिकाउनै नपर्ने । सबै आउँछ, मलाइ रुमाल बुन्ने देखी बुटिक बनाउनसम्म ।’ 

छोरीले पनि केही महिना तालिम लिएपछि मलाइ सहयोग गरिन् । त्यसपछि उनले घरेलु उद्योग दर्ता गरिन् । छोरीकै नामबाट उद्योगको नाम राखेर चलाउन थालिन् ।

‘आफ्नै घरमा उनले अहिले गायत्री डल कुसन गिफ्ट उद्योग सञ्चालन गरिरहेकी छिन्। आफूसँग भएको गर–गहना बैंकमा राखेर उनले ५० हजारबाट उनले उद्योग सञ्चालन गरिन् । गुडिया, डल बनाउन सिपालु उनले त्यसबाट मासिक ४० हजार आम्दानी गर्न थालिन् । 

त्यसको केही समयमै बैंकमा राखेका गर–गहनाहरुहरु पनि फिर्ता लिइन् । कारोबार राम्रो हुँदै गएपछि २ लाखको ‘स्कुटर’ किनिन्, आफ्ना लागि सिबक्री किनिन् । छोरालाई काठमाण्डौ पढाइरहेकी छिन् । छोरीको कलेज फि पनि तिरिरहेकै छिन् । 

मासिक ४० हजार आम्दानी, गृहिणी महिलालाई रोजगारी 
छोरीको नामबाट सञ्चालन गरिरहेको उद्योगबाट उनले मासिक ४० हजार बढी मात्रै आम्दानी गरिरहेकी छैनन् । इच्छुक महिलाहरूलाई आफूले सिकेको सिप सिकाइ पनि रहेकी छिन ।

‘दैनिकजसो किन्न आउने ग्राहकहरू सिक्न खोज्छन, अनि मैले कोर्सको ३ हजारका दरले लिने पनि गरेकी छु ।’ उनले भनिन,अहिले एक महिलालाई मासिक १८ हजारका दरले रोजगारी पनि दिइरहेकी छु ।’ 

उनी आफैंले विभिन्न खाले डल, गुडिया, कोठामा डेकोरेसन गर्ने कुसनहरू, सिरानी लगायतका चिजहरू आफैं बनाउने गरेकी छिन् । मेहनत त धेरै हुन्छ नि’,उनले भनिन,‘कैँचीले काट्नुपर्छ, जम्मा भुवाहरू मुखमा उड्छ । आँखा,नाक भित्र गए त निकै गाह्रो हुन्छ । एउटा डल बनाउन पनि तीन चार घण्टा लाग्छ ।’ 

ठूलो कारखानामा त मेसिन हुन्छ, तर उनको त सानो उद्योग हो । सबै हातले बनाउँदा गाह्रो हुने उनले सुनाइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement