Advertisement
Advertisement
Advertisement
Advertisement

किड क्विन नेपालको उपाधी साम्राज्ञीलाई

  |      23:38:00   |  
किड क्विन नेपालको उपाधी साम्राज्ञीलाई

जेठ २३, काठमाडौं। नेप्लिज फेशन होमद्वारा आयोजित १४ औं किड क्विन नेपाल २०१६ को उपाधि ठमेलकी १० वर्षीया साम्राज्ञी श्री बस्नेतले जितेकी छिन् । काठमाडौंको कमलादी स्थित प्रज्ञा भवनमा शनिबार दिउँसो सम्पन्न उक्त कार्यक्रममा २० जना प्रतियोगीलाई उछिन्दै साम्राज्ञी श्रीले उपाधी सहित विभिन्न उपहार प्राप्त गरिन् । उनले मिस फोटो जेनिकको उपाधि पनि हात पारिन् । उक्त प्रतियोगितामा १२ वर्षीय सम्झना लामा मोक्तान फस्ट रनरअप तथा वर्ष १३ की समृद्धि गौतम सेकेन्ड रनर अप भए । यसैगरी मिस ट्यालेन्ट दिया थापामगर, बेस्ट ड्रेस कृषा दाहाल, सोसल वेलफेयर एम्बेस्डर चिफ अनुषा घिमिरे तथा दीया पोखरेल एवं मिस पर्सनालिटी तनुश्री मानन्धर भए । यस्तै मिस डिसिप्लेनको उपाधि रिधिषा श्रेष्ठले तथा मिस बेस्ट हेयरको उपाधि आर्या आचार्यले पाए । यसैगरी बेस्ट स्किन नवोदिता तिमिल्सिना, बेस्ट स्माइल सोनुका लामा, मिस चार्मिङ एञ्जल राई, मिस फ्रेण्डसिप कृतिका गौतम तथा मिस इन्नोसेन्टको सर्वश्री अधिकारी घोषित भए ।

कार्यक्रमको निर्णायकमा वी विल राइजका अध्यक्ष निर्माण श्रेष्ठ, नेपाल बुटिक एसोसिएनका संस्थापक अध्यक्ष उज्ज्वल कृष्ण श्रेष्ठ, सञ्चारकर्मी झरना अधिकारी, किड क्विन नेपाल–२०१३ शर्मिला हमाल, अधिवक्ता लक्ष्मण महर्जन, व्युटिसियन मञ्जु कार्की, मिस नेवा:  एञ्जल श्रेष्ठ एवं फेशन डिजाइनरहरू अनुषा लामा गलाल तथा शोभा महर्जन थिए । यो प्रतियोगिताको कोरियोग्राफी रोहिया महर्जनले गरेकी थिइन् ।
बालिकाहरुको व्यक्तित्व विकास एवं प्रतिभा प्रस्तुतिको लागि विगत १४ वर्षदेखि किड क्विन नेपालको आयोजना गर्दै आएको नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।





Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement