मंसिर ८, पोखरा । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा एमालेकी विद्या भट्टराई निर्वाचित भएकी छन् । उनले १६ हजार ९ सय ९८ मत ल्याएकी छन् । भट्टराईका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले १२ हजार ४ सय ९५ मत पाएका छन् ।
गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका श्रीनाथ बरालले भने ९ हजार ६ सय ५९ मत पाएर तेस्रो स्थानमा सिमित भएका छन्।