बैशाख ४,काठमाडौं । हिजो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको कुरा तत्काल छानबिन गर्न निर्देशन दिएकी छिन् ।
आइतबार मन्त्री श्रेष्ठले भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पद्म निधि सोतीलाई ठाडो निर्देशन दिएकी हुन् ।
केही दिन अघि मात्रै मालपोत कार्यालय कास्कीका कर्मचारीहरूले आर्थिक चलखेल गरी सेटिङमा काम गर्ने गरेको एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक भएको थियो ।
सोही घटनाको विषयमा थप सत्यतथ्य छानबिन गरी विभागीय कारबाही गर्न मन्त्री श्रेष्ठले निर्देशन दिएकी हुन् ।