जेठ १३, काठमाडौं । काठमाडौं महानगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता डंगोलले काठमाडौंबासीको असल जिम्मेवार जनप्रतिनिधि र शासक नभइ सेवकको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित निर्वाचित मत परिणाम घोषणा कार्यक्रममा बोल्दै नवनिर्वाचित उपमेयर डंगोलले आफूले निर्वाचनको परिणामलाई उत्साहको रुपमा भन्दा पनि जिम्मेवारी बोधको रुपमा लिएको प्रतिक्रिया दिएकी छिन्।
आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ४४ हजार ४ सय ६ मतान्तरले पराजित गर्दै उपमेयर बनेकी डंगोलले महानगरपालिकाको विकास र समृद्धिका लागि सहकार्य, सहमति र सहअस्तित्वको सिद्धान्तलाई लिएर अघि बढ्न महानगरवासीलाई अनुरोध गरेकी छिन् ।
वैंशाख ३० मा भएको स्थानीय तह चुनावमा २९ वर्षीया डंगोल ६८ हजार ६ सय १२ मत प्राप्त गरेर विजयी भएकी हुन् । निर्वाचनको बेला भन्ने गरेको स्वच्छ, सफा, जीवन्त, व्यवस्थित, सांस्कृतिक नगरी काठमाडौं महानगरपालिकालाई बनाउने अभियान आजैबाट सुरु भएको उल्लेख गर्दै उनले त्यसमा साथ दिन सबै मतदाताहरूलाई आह्वान गरिन् । उपमेयर डंगोलले आफूहरुको जीतले युवाहरूमा आशाको द्विप बलेको उल्लेख गर्दै त्यसलाई निभ्न नदिने दृढता समेत व्यक्त गरिन् ।
स्थानीय तह चुनावमा सर्वाधिक मत प्राप्त गर्दै डंगोल विजयी भएकी हुन् ।