Advertisement
Advertisement
Advertisement
Advertisement

एसीसीए परीक्षामा विश्वभरका विद्यार्थीलाई पछि पार्दै घिसिङ शीर्ष स्थानमा

  |      15:58:00   |  
web image
web image

माघ ९, काठमाण्डौं । भर्खरै प्रकाशनमा आएको नतिजाअनुसार सिड फाइनान्सियल एकेडेमीकी एसीसीए विद्यार्थी इमा घिसिङले डिसेम्बर २०२२ को परीक्षामा एसीसीएका दुईवटा प्रश्नपत्रमा आफूलाई शीर्ष स्थानमा स्थापित गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेकी छन्। 

विश्वभरका अन्य हजारौँ विद्यार्थीलाई पछि पार्दै घिसिङले प्रभावशाली रुपमा ट्याक्सेसनमा ९९५ र अडिट एन्ड अस्युरेन्समा ८६५ अंक प्राप्त गरेकी हुन्। उनले अडिट एन्ड अस्युरेन्स र ट्याक्सेसनमा क्रमशः १२ हजार ७५० र ११ हजार ७८८ विद्यार्थीहरुमध्ये विश्वव्यापी रूपमा पहिलो स्थान हासिल गरेकी हुन्। 

एसीसीए योग्यतालाई लेखा र वित्तको क्षेत्रमा व्यावसायिक योग्यताको मापदण्डका रूपमा मान्यता दिइन्छ र रोजगारदाताद्वारा उच्च मूल्यांकन गरिन्छ। 

एसीसीए सदस्य तथा सिड फाइनान्सियल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनन्त गौतमले भने, ‘इमाको यस उपलब्धिमा म असाध्यै गौरवान्वित र हर्षित भएको छु र यो उनको कडा परिश्रम र लगनशीलता साथसाथै संस्थाले प्रदान गरेको शिक्षाको गुणस्तरको प्रमाण पनि हो।’

घिसिङको उपलब्धि विद्यार्थीलाई लेखा र वित्तको प्रतिस्पर्धात्मक क्षेत्रमा सफल हुन आवश्यक ज्ञान र सीपहरु प्रदान गर्नका लागि प्रतिष्ठित संस्था सिड फाइनान्सियल एकेडेमीका लागि पनि ठूलो उपलब्धि हो।

घिसिङको यसप्रकारको उपलब्धि सबै नेपाली विद्यार्थीहरुका लागि प्रेरणाको स्रोत बनेको छ। उनले स्थापित गरेको यस उदाहरणलाई कडा परिश्रम र दृढ संकल्पले लेखा र वित्तको क्षेत्रमा सफलता हासिल गर्न सकिन्छ भन्ने प्रमाणका रुपमा हेर्न सक्छन्।

सिड फाइनान्सियल एकेडेमी नेपालमा एसीसीए अध्यापन गराइने संस्थाहरुमध्येको एक प्रख्यात संस्था हो। सिड फाइनान्सियल एकेडेमी गोल्ड स्वीकृत लर्निङ पार्टनर हो र एसीसीए यूकेको लाइसेन्स प्राप्त सीबीई सेन्टर पनि हो।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement