Advertisement
Advertisement
Advertisement
Advertisement

एमाले सांसद शाहीको संसदीय मर्यादा विपरीतको कार्य, माओवादी संसदीय दलको बैठकमा आएर किताब पछारिन्

  |      12:41:00   |  
web image
web image
असार १४, काठमाडौं ।कर्णालीमा बजेटको विषयलाई लिएर प्रतिपक्ष दल नेकपा एमालेले संसद् अवरोध गरेको छ । तर, विरोधका नाममा केही सांसदले अमर्यादित हर्क गरेका छन् । बुधबार संसद् अवरोध भएपछि नेकपा माओवादी संसदीय दलको बैठक बस्यो । फरक पार्टीको बैठक बसिरहेका बेला एमाले सांसद दक्षिणा शाही एक्कासि हलमा छिरिन् । 
 
एक्कासि आएर ढोकाबाट नै हानेको किताबले शरीरमा लाग्ने भएपछि सांसद खड्काले हातले छेकेकी थिइन । एमाले सांसद शाहीले उक्त किताब भौतिक मन्त्री मङ्गलबहादुर शाहीलाई हानेकी थिइन् । ‘विरोध गर्ने, आफूलाई मन नपरेको कुरा संसदमा बोल्ने हो तर, उहाँले माओवादी दलको बैठकमा आएर किताब हान्नुभयो,’ माओवादी एक सांसदले भने,‘ यो संसदीय मर्यादा विपरीतको कार्य हो जस्तो लाग्छ ।’ 
 
उनले भौतिक मन्त्रालयबाट आफ्नो जिल्लाका लागि आउनुपर्ने योजना नआएको रिस ओकल्दै दलकै बैठकमा आएर किताब पछारेको माओवादी सांसदहरूको भनाइ छ । 
 
‘मेरो गल्ती भएकै हो’
एमाले सांसद शाहीले आफूबाट केही कमजोरी भएको बताइन् । रातोपाटीसँग कुरा गर्दै उनले बैठकमा जानु गलत रहेको पनि बताइन् । साथै उनले भौतिक मन्त्रीलाई आफूले दिएको योजना नआएकाले मन्त्रीलाई किताब बुझाउन गएको बताइन् ।
 
‘मैले धेरै पटक योजना नछुटाउनुहोला, समस्या छ भनेर ३ वटा योजना दिएको थिएँ ,’ उनले भनिन,‘ ३ वटा नभन्नु भाउजू २ वटा आउँछ भनेर भौतिक मन्त्रीले आश्वासन दिनुभएको थियो । ठिकै छ भनेको थिएँ , किताब ल्याएर हेर्दा एउटै योजना नआएपछि किताब फालेकै हो ।’
 
उनले मन्त्री शाहीलाई देवर भनेर सम्बोधन गर्छिन् । किताबमा योजना नआएको भन्दै मन्त्री शाही समक्ष किताब फालेको उनले स्वीकार गरिन् ।
 
बजेट आउँछ भनेर गाउँतिर पनि आश्वासन दिइसकेको र बजेट नआएपछि आफूलाई मन्त्रीले हल्का रूपमा लिएको आरोप पनि उनले लगाइन् ।
रातोपाटी

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement