Advertisement
Advertisement
Advertisement
Advertisement

एनसेल सरकारी स्वामित्वमा आउने व्यवस्था संशोधन गर्न छलफल समेत नभएको दाबी : सञ्चारमन्त्री

  |      16:34:00   |  
एनसेल सरकारी स्वामित्वमा आउने व्यवस्था संशोधन गर्न छलफल समेत  नभएको दाबी : सञ्चारमन्त्री

चैत २४, काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको दाबी गरेकी छिन् ।

शुक्रबार संसदमा उठेका सार्वजनिक महत्वका विषयहरुमाथि जवाफ दिंदै मन्त्री शर्माले दूरसञ्चार विधेयक मस्यौदाकै क्रममा रहेको र मस्यौदा तयार भएपछि सुझावअनुसार सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल हुने बताएकी छिन् ।

‘विधेयक बन्दै गर्दा कन्टेन्टमा के हुन्छ र के हुँदैन भन्ने कुरा मैले यहाँ बोल्ने विषय हो जस्तो मलाई लाग्दैन, विषयवस्तुमै हामीले छलफल अघि बढाएका छैनौ,’ मन्त्री शर्माले भनिन्, ‘हामीले भर्खरै मन्त्रिपरिषद्‍बाट विधेयक बनाउन सैद्धान्तिक सहमति मात्रै पाएका छौं, त्यसैले दूरसञ्चार विधेयक आवश्यक छ भन्नेमा सहमति छ, यसमा सबैको चासो र सरोकारलाई सम्बोधनगर्छौं ।’

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्थालाई संशोधन गर्न खोजिएको भन्दै संसदमा आवाज उठेको बताउँदै उनले अहिलेसम्म त्यसबारे छलफल र तयारी नै नभएको स्पष्टीकरण दिइन् ।

सांसदहरुले दूरसञ्चार विधेयकमा विदेशी लगानीको निजी सेवा प्रदायकको ५० प्रतिशत स्वामित्व सरकारमा आउने व्यवस्था संशोधन गरेर एनसेललाई पोस्न खोजिएको आरोप लगाएका थिए । तर, मन्त्री शर्माले त्यस्तो आरोपलाई अस्वीकार गरेकी छिन् ।

‘यो विषय अघि बढेकै छैन, यो विषयमा धेरै चिन्ता नगर्न आग्रह गर्छौं,’ मन्त्री शर्माले भनिन्,‘राष्ट्रलाई अहित हुने र घाटा लाग्ने कुरा हामी गर्ने छैनौं ।’

कहीँकतैबाट प्रभावित भयो, मन्त्री र कर्मचारी किनिए भनेर अविश्वास नगर्ने आग्ह गर्दै उनले त्यसतो काम नगर्ने र गर्न नदिइने बताइन् । ‘कोहीले कसैलाई किनेर किनिंदैन,’ उनी भन्छन् ।

मन्त्री शर्माले अदालतको अनुमतिले हुने बाहेक कानुनमा फोन टेपिङ गर्ने व्यवस्था नहुने भन्दै विधेयकमा यस्तो विषयलाई ध्यान दिइने बताइन् ।

‘विधेयकमा कुनै आपत्तिजनक कुरा हुन दिने छैनौं,’ उनले भनिन्, ‘राष्ट्रहितमा उभिनेछौं ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement