Advertisement
Advertisement
Advertisement
Advertisement

एनआरएन साउदीमा पहिलो पटक रबिना अर्याल अध्यक्ष निर्वाचित

  |      12:57:00   |  
एनआरएन साउदीमा पहिलो पटक रबिना अर्याल अध्यक्ष निर्वाचित

साउन १४,काठमाडौं । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३-२०२५ को लागि रबिना अर्याल अध्यक्षमा  चयन भएकी छन् । संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन् ।

त्यस्तै वरिष्ठ  उपाध्यक्षमा उमेश भट्टराई ,उपाध्यक्षमा राज कुमार गिरि,कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदी महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल , कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह(कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत ,महिला संयोजकमा लक्ष्मी थापा मगर, चयन भएका छन् ।

सदस्यहरूमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना ,अमृत बहादुर तामाङ ,धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्ले चयन भएका छन् । यसैगरी आईसीसी सदस्यहरूमा स्वतः राम बहादुर क्षेत्री,दिपक रेग्मी र बिशाल कुमार श्रेस्ठलाई निर्विरोध घोषणा गरिएको छ । 

एनआरएन साउदीको बरिष्ठ उपाध्यक्षको लागि  विशाल श्रेष्ठ र उमेश भट्टराईबीच चुनाव हुने घोषणाको अन्तिम अवस्थामा दुबै पक्षबिच सहमति भएको  र विशाल श्रेष्ठले बरिष्ठ उपाध्यक्ष पदको लागि उमेश भट्टराईलाई चयन गरे भने भट्टराईले श्रेष्ठलाई आईसीसी सदस्यको लागि लिखितरूपमा सहमति जनाइ  बरिष्ठ उपाध्यक्षको लागि चुनाव नहुने घोषणा गरेका थिए । 

नवनिर्वाचित अध्यक्ष अर्यालले आफूलाई निर्विरोध निर्वाचित गरेकोमा धन्यवाद व्यक्त गरिन् । उनले सबै संघसंस्थासँग सामाजिक कार्यमा सहकार्य गर्दै  संस्थाको हकहितको लागि काम गर्ने जानकारी दिइन्।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement