Advertisement
Advertisement
Advertisement
Advertisement

एकैपटक नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको संख्या हालसम्मकै ठूलो

  |      11:57:00   |  
web image
web image

माघ २५, काठमाडौं । एकैपटक नौ जिल्लामा महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) खटिएका छन् । नौ जिल्लाको कमान्ड सम्हाल्ने महिला सिडिओको यो संख्या हालसम्मकै ठूलो हो । यसअघि सानो संख्यामा फाट्टफुट्ट महिला सिडिओ खटाउने गरिएकामा पहिलोपटक यति संख्यामा महिला खटाइएको छ ।

गृह मन्त्रालयका अनुसार तीन जिल्लामा सहसचिव र पाँच जिल्लामा उपसचिव महिला सिडिओ खटाइएको छ । ताप्लेजुङमा गोमादेवी चेम्जोङ, धनकुटामा लीलाकुमारी केसी पाण्डे, ओखलढुंगामा प्रदर्शनी कुमारी, मनाङमा सुप्रभा खनाल ढुंगेल र अर्घाखाँचीमा मीना अर्याल महिला सिडिओ खटाइएको छ । उनीहरू सबै उपसचिव हुन् ।

धनकुटा, अर्घाखाँची र ओखलढुंगामा सहसचिवको दरबन्दी भए पनि उपसचिव सिडिओ खटाइएको छ । त्यस्तै, सुनसरीमा हुमकला पाण्डे, सिन्धुलीमा सुनिता नेपाल, बाग्लुङमा रोशनीकुमारी श्रेष्ठ र डोटीमा कल्पना श्रेष्ठ सिडिओ छन् । उनीहरू सहसचिव हुन् ।

आठ जिल्लाले पहिलोपटक महिला सिडिओ पाएको छ । ताप्लेजुङले पहिलोपटक महिला सिडिओ पाएको छ । यही १८ माघमा चेम्जोङ सिडिओ बनेर जिल्ला पुगेकी हुन् । जिल्लामा हालसम्म ४७ जना सिडिओ बनेर आइसकेका छन् । त्यसमा उनी पहिलो महिला सिडिओ हुन् । उनी यसअघि भोजपुर र सिन्धुपाल्चोकको सिडिओ थिइन् ।

धनकुटाले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । यसअघि रामेछापमा सिडिओ भइसकेकी लीलाकुमारी केसी पाण्डे गृह मन्त्रालयले खटाएपछि अघिल्लो सोमबार धनकुटा पुगेकी हुन् ।

मनाङले पनि पहिलोपटक महिला सिडिओ पाएको छ । त्यहाँ सुभद्रा खनाल ढुंगेल सिडिओ छिन् । उनी गत १२ माघमा मनाङको सिडिओ बनेर गएकी हुन् ।

सुनसरीमा पनि पहिलोपटक महिला सिडिओ बनेर हुमकला पाण्डे पुगेकी छिन् । उनी यही १६ माघदेखि त्यहाँको सिडिओमा कार्यरत छिन् । यसअघि भक्तपुर र काभ्रेमा पनि सिडिओमा कार्यरत थिइन् । काभ्रेमा पनि सिडिओ हुने उनी पहिलो महिला थिइन् ।

सिन्धुलीले पनि पहिलोपटक महिला सिडिओ पाएको हो । त्यहाँ यही १६ माघदेखि सिडिओका रूपमा सुनिता नेपाल कार्यरत छिन् । उनी यसअघि प्युठानमा सिडिओ थिइन् । प्युठानमा पनि उनी पहिलो महिला सिडिओ थिइन् ।

सहसचिव रोशनी श्रेष्ठ बाग्लुङको सिडिओ बनेर जाँदै छिन् । यसको निर्णय गृह मन्त्रालयले आइतबार गरिसकेको छ । बाग्लुङमा हालसम्म महिला सिडिओ छैनन् । श्रेष्ठ पहिलो महिला सिडिओ बन्दै छिन् ।

अर्घाखाँचीमा पनि पहिलो महिला सिडिओ कार्यरत छिन् । अर्याल यही १२ माघदेखि सिडिओ कार्यरत छिन् । डोटीमा पनि पहिलोपटक महिला सिडिओका रूपमा कल्पना श्रेष्ठ कार्यरत छिन् । उनी गत ६ असारदेखि डोटीमा हाजिर भएकी हुन् ।

११ माघ ओखलढुंगामा सिडिओ पोस्टिङ भएकी प्रदर्शनी कुमारी पहिलोपटक सिडिओ बनेकी हुन् । जिल्लामा मधेसी समुदायबाट महिला सिडिओ हुने उनी पहिलो हुन् । उनी बाराकी हुन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

उषा नेपाल देशको पहिलो महिला सीडीओ हुन् । महोत्तरीमा जन्मिएकी नेपाल प्रजातन्त्र पुनः स्थापनाको रापतापमा उनी भक्तपुरमा सीडीओ बनिन् । विक्रम संवत ०२७ मा प्राध्यापनबाट सरकारी सेवामामा कार्यरत नेपाल विक्रम संवत २०३३ मा निजामती सेवामा प्रवेश गरेकी थिइन् । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement