Advertisement
Advertisement
Advertisement
Advertisement

एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा

  |      14:32:00   |  
एकल तथा विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा

साउन ७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले तीन वडाका एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिलालाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको छ । महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने उद्देश्यले वडा नम्बर–१ बाहुनीडाँडा, वडा नम्बर–२ डिकुवा र वडा नम्बर–४ बडहरेका एकल महिला तथा आमा समूहलाई बाख्रा र सुँगुरका पाठा वितरण गरेको हो । 

एकल महिला तथा समूहमा आबद्ध विपन्न महिलालाई आयआर्जनमा टेवा पु¥याउँदै आर्थिकरुपमा आत्मनिर्भर बनाउने अभियानअन्तर्गत नगरपालिकाको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमबाट प्रतिमहिला एक/एक वटा सुँगुरका पाठा र बाख्रा वितरण गरिएको नगरउपप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाबाट विनियोजन भएको एकल महिला कोष र महिला आयआर्जनका लागि टेवा कार्यक्रमको रु १५ लाख बजेटबाट नगरपालिकाका विभिन्न वडाका एकल महिला र आमा समूहमा आबद्ध महिलालाई बाख्रा र सुँगुरका पाठा निःशुल्क प्रदान गरिएको हो ।”

बाहुनीडाँडाका १६ एकल महिलालाई सुँगुरका पाठा र चार एकल महिलालाई बाख्रा वितरण गरिएको जनाइएको छ । डिकुवाका ४६ एकल महिलालाई सुँगुरका पाठा र चार एकल महिलालाई बाख्रा वितरण गरिएको हो । डिकुवाकै आमा समूहमा आवद्ध १८ विपन्न महिलालाई सुँगुरका पाठा र बाख्रा वितरण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै, बडहरेका १८ एकल महिला र छ विपन्न महिलालाई बाख्रा वितरण गरिएको छ ।

बडहरेकै पातिखर्क र बडहरेका आमा समूहलाई एक/एक कुटानी पिसानीको मिल समेत प्रदान गरिएको छ । सोही कार्यक्रममा बडहरेका युवालाई खेलकुदका सामग्रीसमेत प्रदान गरिएको वडाध्यक्ष किशोर बस्नेतले बताउनुभयो । नगरपालिकाले बाख्रा तथा सुँगुरको पाठा उपलब्ध गराएपछि एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिला हर्षित भएका छन् । खेतीपातीबाहेक आम्दानीको अन्य स्रोत नभएको एकल महिला तथा आमा समूहमा आबद्ध विपन्न महिलालाई वडा कार्यालयको सिफारिसमा बाख्रा तथा सुँगुरका पाठा प्रदान गरिएको हो । 

यसैबीच, बडहरेका ८० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यो खबर राससले प्रकाशित गरेको छ । ज्येष्ठ नागरिकप्रति सम्मान दर्शाउँदै आदर्श पात्रका रुपमा स्थापित गर्ने लक्ष्यकासाथ वडा कार्यालयले ८० वर्ष नाघेका ४८ ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्ञान र अनुभवको श्रोतकारुपमा ८० वर्ष नाघेका वडाका २७ वृद्ध र २१ वृद्धालाई श्रद्धाका साथ दोसल्ला र खादा ओढाएर हर्लिक्ससमेत प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement