भदौ ११ ,काठमाडौं । एसियाडको उसुमा नेपालको यात्रा समाप्त भएको छ ।साओसन गुयाली स्पोर्डस् सेन्टरमा कविता थापाले थाउलोको महिला जिआनुसुमा आठौ स्थान हासिलगरेसँगै नेपालका सम्पूर्ण खेल सकिएको हो ।
११ खेलाडी सम्म्लित यो स्पर्धामा कविताले ९.६३३ अंक जोडिन् । महिला नानाछ्वानमा निमा घर्तीमगर पुछारमा रहिन् । १०खेलाडी सहभागी यो स्पर्धामा निमाले ९.१४० स्कोर गरेकी हुन् । महिला नानदाओमाले भने निमाले आठौँ स्थान हासिल गरिन् । १० खेलाडी सहभागी यो स्पर्धामा निमाले ९.५६६ स्कोर गरेकी थिईन। यसैगरी सोमबार महिला छाङवानमा सुस्मिता तामाङ आठौँ स्थानमा रहिन् । ११ खेलाडी सहभागी यो स्पर्धामा उनले ९.४१० स्कोर गरेकी थिइन् ।