Advertisement
Advertisement
Advertisement
Advertisement

उपसमिति सदस्यमा एकजनापनि महिला सदस्य नपरेकोमा मञ्जु खाणको असन्तुष्टि

  |      16:33:00   |  
web image
web image

जेठ १७, काठमाडौं । . प्रतिनिधिसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिले बैठक सञ्चालन सम्बन्धी आन्तरिक कार्यविधीको मस्यौदा बनाउन ५ सदस्यीय उपसमिति बनाइएको छ । बुधबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको समितिको बैठकमा नेपाली कांग्रेसका सांसद राजन केसीको संयोजकत्वमा उपसमिति बनाइएको हो ।

उपसमितिमा केसीका अलवा सांसदहरु ऋषीकेश पोखरेल, अमरेश कुमार सिंह, हरि ढकाल र रामकृष्ण यादव सदस्य रहेका छन् । समितिको अर्को बैठकमा कार्यविधिको मस्यौदा पेश गर्न निर्देशन दिइएको छ ।

सो उपसमिति सदस्यमा एकजनापनि महिला सदस्य नपरेको भन्दै सांसद मञ्जु खाणले आपत्ति जनाएकी छिन् । उनले उपसमितिमा आफू नबस्ने तर अरु कोही महिला सांसदलाई सदस्यको रुपमा राख्न आग्रह गरिन् । उपसमितिमा महिला सदस्य नभएपछि पितृसत्तात्मक सोचले कहिँपनि छोडेन भन्दै उनी बैठकस्थलबाट बाहिरिएकी थिइन् ।

समितिको कार्यविधि निर्माण सम्बन्धी छलफलमा भाग लिँदै माओवादी केन्द्रका सांसद जनार्दन शर्माले कार्यविधि बनाएर अघि बढियो भने समितिलाई काम गर्न सजिलो हुने उल्लेख गरे ।

यस्तै एमाले सांसद योगेश भट्टराईले सार्वजनिक लेखा समिति मन्त्री र सांसदलाई आतंकित गर्ने थलो नभई सहजीकरण गर्ने थलो रहेको बताए ।  उनले भने,‘समितिले कसैलाई आतंकित पार्नुहुँदैन । ठीक बेठीक के हो हेर्ने र तथ्यका आधारमा निष्कर्ष निकाल्ने गर्नुपर्छ । को सत्तापक्ष, को प्रतिपक्ष सबैलाई एकरुपमा हेर्नुपर्छ । उजुरीहरु बेनामेपनि आउन सक्छन्, कस्तो उजुरी आएको छ त्यसको स्क्रीनिङ्ग गरौं र त्यही अनुसार उजुरीमाथि छलफललाई अघि बढाउनुपर्छ ।’

यस्तै राप्रपा सांसद विक्रम पाण्डेले मिडियामा धेरै झुटो समाचार आउने र त्यसलाई आधार मानेर पनि उजुरी आउने बताउँदै कुन सत्य हो कुन असत्य हो छुट्याउन नसकिने बताए । फेक न्युजले आतंक मच्चाए जस्तै बेरुजुले पनि आतंक मच्चाएको उल्लेख गरे ।

हुँदै नभएका बेरुजुलाई कसरी रोक्ने त्यसमा ध्यान दिनुपर्ने अवस्था रहेको बताउँदै बेरुजुका कारण सरकारी कार्यालय र व्यवसायीहरुलाई पनि समस्या आएको बताए ।

बैठकमा समितिका सभापतिको रुपमा रहेको ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले देशमा चर्चित केश, देशको जल्दोबल्दो केश सांसदहरूले स्वतन्त्रतापूर्वक समितिको बैठकमा उठाउन सक्ने बताए । उनले सांसदहरु हरेक फरक फरक पार्टीबाट प्रतिनिधित्व गरेपनि समितिमा स्वतन्त्रतापूर्वक निर्णय गर्न सक्ने र यहाँ ह्वीप नलाग्ने बताए ।

उनले समिति अबिछिन्न उत्तराधिकारवाला संस्था रहेको बताउँदै समितिले पुराना रेर्कड र फाइल खोल्न सक्ने बताए । उनले समितिमा यसअघि दर्ता भएर टुंगोमा पुग्न नसकेका १२१ वटा उजुरीहरु सचिवालयले सांसदहरुलाई उपलब्ध गराएकोले त्यसलाई अध्ययन गरेर उठाउन सकिने विषय अघि सार्न आग्रह समेत गरे । समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement