Advertisement
Advertisement
Advertisement
Advertisement

उद्योगी भन्छन् -डा.तोसिमाको टिप्पणीप्रति सांसदले बुझेर बोलिदिए हुने

  |      16:39:00   |  
उद्योगी भन्छन्  -डा.तोसिमाको टिप्पणीप्रति सांसदले बुझेर बोलिदिए हुने

कार्तिक १५, काठमाडौं ।उनले ललितपुरमा केही दिनअघि भएको एक कार्यक्रममा विगतका सरकारले नेपालका सबै ठूला उद्योग बिक्री गरेको आसय व्यक्त गर्दै हेटौंडा सिमेन्ट उद्योगदेखि अन्य उद्योगहरुको कुरा उठाएकी थिइन्। उनले ती उद्योगहरु खै, ५० लाख युवालाई रोजगारी दिने भनि सरकारले गरेको वाचा खै भन्दै प्रश्न गरेकी थिइन्।

‘म प्रश्न गर्न चाहन्छु, हेटौंडा सिमेन्ट कारखाना,उदयपुर सिमेन्ट खै, चोभारको सिमेन्ट कारखाना खै र भृकुटी कागज खै, ’ कार्कीले भनिन्, ‘५० लाख युवालाई रोजगारी खै र समाजवाद खै।’ उनले यी सबै उद्योगहरु पुराना दलहरुले समाप्त पारेको आरोप लगाउने आसयसहित प्रश्न गरिन् अनि रास्वपा  समस्या नभई समाधान बोकेर आएको दाबी गरिन्। 

प्रतिनिधि सभामा ललितपुरबाट विजयी भएकी उनले निर्वाचन क्षेत्रमा पुगेर यसरी गरेको भाषणको भीडियो भाइरल भएपछि हेटौंडा सिमेन्ट कारखानाका कार्यकारी निर्देशक बसन्त पाण्डेले सांसदले नै नबुझेर गलत रुपमा टिप्पणी गर्दा अप्ठ्यारो भएको बताए। उद्योग अहिले चलिरहेको र बजारमा उच्च गुणस्तरको सिमेन्ट समेत उत्पादन र बिक्री गरिरहेको उनले बताए। 

‘सांसद हिमाल सिमेन्ट सम्झेर टिप्पणी गर्नुभएको हो कि अलि नबुझेको हो भन्ने लागेको छ,’ उनले भने।त्यस्तै उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक खगेन्द्र  बस्नेतले पनि उद्योग बन्द भएको नभई चलिरहेको बताए। उदयपुर नेपालको नम्बर एक सिमेन्टको रुपमा अहिले पनि बजारमा रहेको उनले बताए। ५ सय ५० टन क्लिन्कर र यसको ५ सय ८० मेट्रिक छन सिमेन्ट बन्ने उनले बताए। यही १२ गतेदेखि यो पूर्ण रुपमा चलिरहेको उनले जानकारी दिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement